Logo

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर पूर्वमन्त्री पासवानको पनि आपत्ति, आत्माआलोचना गर्न आग्रह



काठमाडौं, ३० असार । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिमा कडा आपत्ति जनाएका छन् । उनले भने,‘हाम्रो प्रधानमन्त्री ओलीजीले अयोध्याबारे बोलेको कुरा काल्पनिक गफबाहेक अरु केही होईन् । मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले यसरी हलुका ढंगले बोल्नु पनि आपत्तिजनक छ । हाम्रो पार्टी उहाँको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँछ ।’

मंगलबार रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पूर्वमन्त्री पासवानले यस्तो धारणा राखेका हुन् । पासवानले नेपाल–भारतबीच रहँदै आएको सदियौंको सामाजिक, सांस्कृति र धार्मिक सम्बन्धमा समेत प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले आँच पुगेको टिप्पणी गरेका छन् । ‘मुलुकको विकास र समृद्धिको लागि काम गर्नुको सट्टा प्रधानमन्त्रीले देश र जनताकै ध्यान मोड्नेगरि सस्तो लोकप्रियता हाँसिल गर्न यस्तो अभिव्यक्ति दिनु निन्दनीय छ।’–उनले भने ।

राम र अयोध्या भारतको नभएको बताउँदै प्रधानमन्त्री ओलीले भने- ठोरी नै अयोध्या

कोभिड–१९, गरिबी, भोकमरी र बेरोजगारीविरुद्ध सिंगो राष्ट्र एकताबद्ध भई लड्नुपर्ने समयमा मुलुकको अभिभावकत्व ग्रहण गरेर बसेको व्यक्तिनै यसरी काल्पनिक गफ दिन व्यस्त हुँदा मुलुक र जनताको भविष्यमाथि नै खेलबाड भएको आफ्नो ठहर रहेको पनि पासवानको भनाई छ । उनले प्रधानमन्त्री ओलीले अविलम्ब आफ्नो अभिव्यक्ति फिर्ता लिई जनतासामू आत्माआलोचना गर्नु नै बुद्धिमानी हुनेपनि सुझाव दिएका छन् ।

२०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका प्रधानमन्त्री ओलीले भनेका थिए,‘अयोध्या भनेको वीरगञ्जभन्दा पश्चिमपट्टीको गाउँ हो । वास्तवमा अहिले खडा गरिएको अयोध्या होइन ।’ दशरथले पुत्रीष्टी यज्ञ रिडीको पण्डित भएको उल्लेख गर्दै राम पनि अयोध्याको नभएको बताएका थिए ।

भारतले भन्दै आएको अयोध्याबाट त्यहाँका राजा जनकपुरसम्म कसरी विवाह गर्न आइपुगे भनी प्रश्न गरेका थिए । भारतले अहिले भनेको अयोध्याबाट राम जनकपुरसम्म आउन सम्भव थिएन भनी तर्क गरेका थिए । मोबाइललगायत सञ्चार सुविधा नभएको बखत कसरी भारतले भनेको अयोध्याबाट जनकपुरसम्म सम्पर्क भयो भनी प्रश्न गरेका थिए । अयोध्या वीरगञ्ज नजिकै भएकाले सीताको विवाह अयोध्याका राजकुमार रामसँग हुनु अनौठो नभएको तर्क गरेका थिए। file photo



प्रतिक्रिया दिनुहोस्