Logo

इरफान खानकी पत्नीले लेखिन् ‘रात भर तिम्रो याद आउँछ ’



वलिउड कलाकार इरफान खानको निधन भएको दुई महिना मात्र भयो । कलाकार र परिवारको देहावसानले परिवार र फिल्म उद्योग धेरै दुखी भएको छ । उनको पत्नी र छोराले सामाजिक सञ्जालमार्फत तस्वीर र भिडियो सेयर गरेर इरफानलाई सम्झिरहेका छन् ।

पटक पटक उनकी पत्नी सुतापा सिकदरलाई इरफान खानको यादले सताइरहेको छ । उनले आफ्नो पतिलाई सम्झदै भावुक भएर सामाजिक सञ्जालमा पटक पटक तस्वीर राख्दै सेयर गर्दै आएकी छिन् । उनले आज ‘हरेक रात तिम्रो याद आउछ । ’ लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्