Logo

सुशान्तको यादमा अंकिताले जलाइन् दियो



सुशान्त सिंशह राजपुतको निधन भएको आज ठिक एक महिना पुगेको छ । १४ जुनमा सुशान्तले मुम्बई स्थित आफ्नै निवासमा आत्महत्या गरेक थिए । उनको निधन भएपछि उनको सम्झना क्रम जारी छ । सुशान्तको निधनबाट पुरै चलचित्र उद्योग र साथीहरु स्तब्ध भए । जो उनीसँग नजिक थिए उनीहरु धेरै निराशा भए ।

सुशान्त केटीसाथी अंकिता लोखंडेसँग लामो प्रेम सम्बन्धमा थिए । एक महिनादेखि सामाजिक सञ्जालबाट टाढा भएकी अंकिता इन्स्टाग्राममा फर्किएकी छिन् ।

अंकिताले सुशान्तको निधन पश्चात पहिलोपटक पोस्ट गरेकी छिन् । बलेको दियोको तस्वीर राखेर ‘चाइल्ड अफ गाड’ लेखेकी छिन् । सुशान्त र अंकिता टिवी शो पवित्र रिस्तामा काम गर्दा नजिकिएका यो जोडीको ६ वर्षकोे लामो प्रेम सम्बन्धपछि २०१६ मा ब्रेकअप भएको थियो ।



प्रतिक्रिया दिनुहोस्