Logo

विहारमा फेरि लकडाउन, भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो



एजेन्सी, ३० असार । नेपालसँग सीमा जोडिएको विहारमा फेरि लकडाउन घोषणा गरिएको छ । विहार सरकारले १६ जुलाई देखि लागु हुने गरी पूर्ण लकडाउनको घोषणा गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार लकडाउन १६ देखि ३१ जुलाईसम्म हुनेछ । गएको २४ घन्टामा भारतमा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिएका छन् । ५ सय ५३ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्