श्रीरामसँग सम्बन्धित स्थानबारे धेरै मिथक रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले भन्यो- प्रधानमन्त्रीको अयोध्याबारे अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने नियत होइन


काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको छ । आज प्रेस विज्ञप्तिमार्फत् परराष्ट्रले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ ।

श्री राम र उनीसँग सम्बन्धित स्थानहरुबारे विभिन्न मिथकहरु रहेको भन्दै वृहत सांस्कृतिक भुगोलको प्रधानमन्त्री ओलीले थप अध्ययन र रिसर्चमा जोड दिएको परराष्ट्रको विज्ञप्तिमा भनिएको छ । अयोध्याको महत्व र सांस्कृतिक मुल्यको अवमूल्यन गर्न नखोजेको उल्लेख छ ।

हिजो प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा र राम नेपालको भनी अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएपछि परराष्ट्रको धारणा सार्वजनिक भएको हो ।