Logo

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा मन्त्री सोनलको टिप्पणी : ‘यो उहाँको मानसिक दिवालापनबाहेक अरू केही होइन्’



प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिलाई कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले अयोध्या नेपालमै पर्ने र राम पनि नेपाली नै भएको भनेर दिएको अभिव्यक्तिलाई मानसिक दिवालापनको संज्ञा दिएका छन् । पत्रकार ऋषि धमलाले मन्त्री सोनलसँग आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा विशेष कुराकानी गरेका छन् । धमलासँगको कुराकानीमा सोनलले भनेका छन्,“प्रधानमन्त्री हुनुहुन्छ, वहाँप्रतिको सम्मान आफ्नो ठाउँमा छ । यो मानसिक दिवालापनबाहेक अरू केही होइन । यसरी प्रधानमन्त्रीजस्तो ठाउँमा बसेर यस्तो यो हलुका कुराहरू आधारहीन कुराहरू दुई देशबीचको सम्बन्ध बिगार्ने कुराहरू संस्कृतिमाथिको एट्याक हो यो । वहाँ लगातार कहिले भूगोलमाथि अट्याक, कहिले सभ्यता र संस्कृतिमाथिको अट्याक, कहिले हाम्रो सम्ुदायमाथिको अट्याक, ७ वर्षे नागरिकताको कुरा उठाएर हाम्रो समुदायमाथि अट्याक गरिरहनुभएको छ । कहिले यो धर्ममाथिको, संस्कार र संस्कृतिमाथिको अट्याक गर्दै हुनुहुन्छ र एकप्रकारले मलाई लाग्छ कि वहाँले जे प्लान गर्दै हुनुहुन्छ ।” प्रस्तुत छ सोनलसँगको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर २ मा ? जनताहरू समस्यामा परे । बाढी/पहिरोको प्रकोप छ, पीडा छ । त्यहाँका जनता यतिवेला डुबानको समस्यामा छन् नि, तपाई के हेरेर बसिरहनुभएको छ ?

हामी हेरेर मात्रै बसेका छैनौँ । हामीले त सुरुदेखिनै भन्दै आइरहेका छौँ कि हाम्रो प्रदेश प्राकृतिक विपत्तिको उच्च जोखिममा पर्दै आएको प्रदेश हो । र, यसमा बाढीको सिजनमा कटान हुने, अग्निको सिजनमा चाहीँ आगोको पीडित हुने, धेरै शीतलहर चल्यो भने शीतलहरको उच्च जोखिममा रहने, यसबाहेकका पनि प्राकृतिक विपत्तिहरू कहिले टोर्नाडो, कहिले के ? कहिले के चाहि एउटा यो विपत्तिमा उच्च जोखिममा रहेको प्रदेश हो । हामी सर्तक छौँ यसमा । हामी आफ्नो सबै संयन्त्रहरूलाई एलर्ट गराएका छौँ । हामीसँग भएको स्रोत साधनहरूलाई सदुपयोग गर्न हामी जम्मै हाम्रा स्रोत साधन शक्तिहरूको, म्यानपावर सबै लगाएर हामी एकदम एलर्ट अवस्थामा बसिरहेका छौँ । सबै आठै जिल्लाका प्रशासनिक प्रमुखहरूलाई सि.डि.ओ. साहेबहरूलाई त्यसपछि एस.पि. हरूलाई सबैलाई हामीले एलर्ट गराएका छौँ । आवश्यकता प¥यो भने नेपाली सेनासँग पनि हामीले सहयोग लिने, नदी कटानहरू भयो भने त्यहाँको सम्बन्धित जिल्लाका नदी कटान हेर्ने कार्यालयहरू खास गरेर सिंचाइसँग जोडिएको, नदी नियन्त्रणसँग जोडिएका कार्यालयहरू, यी जम्मै मेकानिजमलाई हामीले हाई एलर्टमा राखेका छौँ । कुनैबेला जुन एरिया जुन क्षेत्र जुन जिल्लामा यदि यस्तो प्रकोप भएर आयो भने हामी सबै भएभरको स्रोत साधन सबै लगाएर राहत दिने कार्य, रोकथाम गर्ने कार्य चाहि हामी अगाडि बढाछौँ ।

होइन, भारतीय हस्तक्षेप रोक्न नसक्दा डुबान भयो भनेर गृहमन्त्री रामबहादुर थापा (बादल) ले हिजो संसदीय समितिमा बताउनु भएको छ । किन तपाईहरू चाहि हस्तक्षेप रोक्न सक्नुहुन्न ?

भारतीय हस्तक्षेप कहाँ भयो ? गृहमन्त्री रामबहादुरजीले भन्नुभएको छ । यो कुरा त वहाँहरूले बाइलेटर अर्थात् द्धिपक्षीय कुरा गर्ने हो । प्रदेश सरकारले भारत सरकारसँग अथवा कुनै पनि सरकारसँग कुरा गर्ने विधि, प्रावधान पूरा छैन, त्यो तपाईलाई थाहा छ । संघीय सरकारले अन्तराष्ट्रिय जगतमा कुरा गर्ने हो । कुन ठाउँमा भारतीयहरूले त्यसरी काम ग¥यो ? त्यो कामले कुन ठाउँमा के क्षति भयो ? संघीय सरकारका गृहमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री हुनुहुन्छ । वहाँहरूले कुरा गर्ने हो । वहाँहरूले हामीले सकेनौँ है अब यो विहारसँग जोडिएको छ, उत्तर प्रदेशसँग जोडिएको छ, यता पश्चिमी बंगालसँग जोडिएका सिमानाहरू छ । हामीलाई अलिकति अप्ठ्यारो भयो । हामीलाई कुरा गर्न गा¥हो भयो, तपाईहरूले हामीलाई सहयोग गर्दिनुहोस् भने चाहि हामी गछौँ ।

होइन तर पनि गृहमन्त्रीको भनाई के आएको छ भन्दाखेरि भारतले दुई देशबीचको सन्धि, सम्झौता उल्लघंन गर्दा सिमा क्षेत्रमा नेपाली भूमि डुबानमा परेको छ भनेर त हिजो वहाँले बताउनुभएको छ नि प्रष्ट रूपमा ।

गृहमन्त्रीजीले के हेरेर बस्नुभएको त ? वहाँको डिप्लोमेसीले, वहाँको कुटनीतिक कार्यालय के हेरेर बसेको छ ? यदि त्यस्तो भएको छ भने वहाँ त कुटनीतिक कुरा गर्नुप¥यो, छलफल गर्नुप¥यो, वहाँ आउनुप¥यो । कुन बोर्डरमा त्यस्तो भएको छ, भारतीयले कुन बोर्डरको कुन ठाउँमा ? कुन नदीमा कुन बाँध ? बाँधेर त्यो वहाँलाई असुविधा बनायो हाम्रो देशलाई, मुलुकलाई असुविधा बनायो, ठाउँलाई असुविधा बनायो ? र हाम्रो सरकारले त्यहाँ के के ग¥यो ? नदी नियन्त्रणको लागि कति बजेट एलोकेट ग¥यो कति मेनपावर लगायो ? चाहे त्यो बाग्मतीमा होस्, चाहे त्यो कोशीमा होस्, चाहे त्यो रातुमा होस्, चाहे त्यो लखण्डदेवीमा होस्, जुन उच्च लालबकैयामा होस् । कुन ठाउँमा उनीहरूले गरेको छ, कामहरू यो ठुला नदीहरूको कुरा गरेको छ, लगभग २५० नदीनालाहरू छन्, प्रदेश नम्बर २ मात्रको कुरा गर्ने हो भने बारा पर्साका नदी तिजाबेजदेखि ।

होइन, भारतले सिमानामा तपाईलाई थर्काइरहेको छ नि त । तपाईले राम्रोसँग हेर्नुभएको छ ।

वहाँले इन्फरमेसन पाउनुभएको छ भने संघीय सरकारले, प्रधानमन्त्रीजीले, गृहमन्त्रीजीले । के हेरेर बस्नुभएको छ ? वहाँको स्रोत, वहाँको साधन, वहाँको पैसा, वहाँको मेनपावर, वहाँको डिप्लोमेसी के हेरेर बसेको छ ? वहाँले यो श्रावण महिनामा, असारको अन्तिममा पानी परेको बेलामा सिंहदरबारको कुनै उपसमितिमा यस्तै कमिटमेन्ट दिएर उभोँ लाग्छ ? वहाँहरूले त काम गर्नुप¥यो । कुरा गर्नुप¥यो । बताउनुप¥यो । किनभने आफूले गर्न नसकेको काम अर्कोको देशमा अर्कोको टाउकोमा लगाएर आफु चाहि उन्मुक्ति पाउँछ भन्ने कुरा मलाई लाग्दैन् ।

सिमामा समानान्तर संरचना बनाई नेपालबाट जाने नदीलाई छेकेर निकास रोकिएको भनेर गृहमन्त्रीले त बताउनुभएको छ नि ?

कहाँ भएको छ ? कुन नदीमा समानान्तर संरचना बनाएर गरेको छ ? यो कुरा अमुर्त रूपले भनेर हुँदैन नि । यो त मूर्त रूपमा आउनुपर्छ नि । बारामा कि ? पर्सामा कि ? रूपन्देहीमा कि ? कपिलवस्तुमा कि ? धनुषामा कि ? महोत्तरीमा कि ? सुनसरीमा कि ? बाँकेमा कि ? बर्दियमा कि ? कुन ठाउँमा ? कुन नदीमा मापदण्डविपरित बनाएको कुरा डिप्लोमेटिकबाट बन्ने कुरा हो नि । यो त समितिमा गएर आफूलाई चाहि बाँच्नको लागि बनाइएको भन्ने कुरा त होइन नि ।

होइन तपाईलाई थाहा छ नि त । गृहमन्त्रीले भनी सक्नुभएको छ । राज्य व्यवस्था समितिले निर्देशन दिइसकेको छ । तपाईलाई थाहा छैन् ?

हामी प्रदेश सरकार छौँ । हामीलाई भन्नुप¥यो । अब आउनुप¥यो यो कुराहरू । अमुक ठाउँमा, अमुक नदीमा, अमुक प्रकारले कसरी काम ग¥यो अब यसमा हामीले मिलेर काम गनुप¥यो तपाईहरू हेर्नुहोस् यसलाई । भन्नुप¥यो हामी जान्छौँ फिल्डमा । वहाँहरूलाई पनि बोलाउँछौँ । यसरी हुन्छ काम ।

भारतले एकलौटीमा रूपमा सिमा क्षेत्रमा बनाएको बाँध, तटबन्ध र सडक हटाएर डुबान कम गर्नको लागि पहल गर्नुप¥यो सरकारले भनेर संसदीय समितिले निर्देशन दिईसकेको छ त ?

कुन ठाउँमा ग¥यो म एउटै कुरालाई कतिपटक दोहो¥याउँ ? समय बर्बादमात्रै हुन्छ । यो ससंदीय समितिले निर्देशन दिएको छ । यो अमूर्त कुरा हो । कुन ठाउँमा त्यो गरेको छ, कुन ठाउँमा प्यारालल बाँध बनाएको छ ? र त्यसमा हामीले बाँध्ने बेलामा कुटनीतिक डिप्लोमेटिक नियोगले, हाम्रो डिप्लोमेटिक पोलिसीले, त्यो समितिले, परराष्ट्रमन्त्रीले, सम्माननीय प्रधानमन्त्रीले के के कुरा गर्नुभयो । र वहाँहरूले भनिरहँदा मनमनाई गरिरहँदा यदि गएको छ भने त्यो एकप्रकारले त्यसमा सोच्न सकिन्छ । होइन भने त्यो श्रावण लाग्छ, समितिले बोलाउँछ, म त्यहाँ गएर भनिदिन्छु । समाप्त हुन्छ फेरि ऊ आफ्नो कुरा आफ्नो ठाउँमा, म आफ्नो कुर्सी आफ्नो ठाउँमा यसले समस्या समाधान गर्दैन । हामीले इमान्दारीपूर्वक हाम्रो जिउधनको सुरक्षा, हामीले आफ्नो पोलिसी बनाएर, हामीले हाम्रा नदीहरू बनाएर अत्यन्त खतरनाक रूपले बाढीको सिजनमा आउँछन्, अहिले तपाई गौरमा गएर हेर्नुस्, मान्छेहरू चैनले सुत्ने स्थिति छैन । बाग्मतीको म्याक्सिम कटान सुरु भएको छ । लालबकैयामा त्यही स्थिति छ । कोशीमा त्यही स्थिति छ । रातु मैले भने यो ठुल्ठुलो नदीहरूमा, लोखण्डदेवीको कुरा गर्नुस् सर्लाहीको । रौतहटको लालबकैया र बाग्मतीको यस नदीहरूमा यो ठुल्ठुला नदीहरूमा सानोतिनो नदीहरूको कुरा गर्दिन म अहिले । सानोतिनो नदीहरूले पनि ठुलो क्षति बनाउँछ । मान्छेहरूको जनधनको क्षति गर्ने, खेतीयोग्य जमिनहरूको कटान गर्दिन्छ । हाम्रो लागि त त्यही जीवन हो । कृषि उत्पादकयोग्य जमिन नै हाम्रो लागि जीवन हो । हजारौँ विगा नदी मिलाएर वर्षेनि कटान गर्ने स्थिति छ । यसमा हामीले एउटा नीति बनाउनुप¥यो । त्यसमा त्यहाँको सिंचाइमन्त्रीले, त्यहाँको कृषिमन्त्रीले, प्रधानमन्त्रीजीले, सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले, प्रदेशका भौतिकमन्त्रीले, वहाँहरूसँग बसेर एउटा लङ्गटर्म प्लान एउटा दीर्घकालीन योजना बनाएर हामीले हाम्रो प्रदेशको, नागरिकको जिउधनको सुरक्षा, खेतीयोग्य जमिनको सुरक्षा अरू काम गर्नुको साटो एउटा स्टेटमेन्ट दिने नेपालमा जे पनि भारतले गर्दियो भने जनता खुशी भईहाल्छन् । एउटा क्षेत्रको जनता, खास गरेर एउटा वर्गको जनता खुशी भईहाल्छन् । हामी त यसरी नै बर्बाद भइहाल्छौँ ।

भारतले विवादित अयोध्या खडा ग¥यो भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभयो नि, र अयोध्या भारतमा होइन नेपालमा पर्छ र राम पनि भारतीय होईन भन्नुभएको छ नि ? यसमा तपाईको प्रतिक्रिया के छ ?

यस्तो कुरामा हामी पर्दैनौँ । मलाई त के शंका लागिरहेको छ भने हामी त हिन्दू परम्पराको मान्छे । तपाईको घरमा पनि साधी, विवाह हुन्छ होला ? श्राद्ध कर्महरू हुन्छ होला । तपाईको घरमा पनि हुन्छ होला । पढ्ने बेलामा के भन्छौँ, आर्यावर्ते भारतखण्डे । कुन दिन अब वहाँले यो भारतखण्डे भनेको नेपाल पनि भारतको भूभाग हो भनिदिनु हुन्छ, अब मलाई शंका त यो कुरामा छ । अब कुन दिन भनिदिनु हुन्छ वहाँ, यो कुरामा त वहाँ के के भनिदिनु हुन्छ के के भनिदिनु हुन्छ । त्यसको न कुनै आधार न कुनै व्यवस्थापन अब जुन प्रधानमन्त्रीको यो कुरामा लागेर यो कुनै मतलब पनि छैन । बिना तोकको बिना कुराको भन्ने सुरु ग¥यो भने के के मैले भने नि त्यो कुरा हामी पढ्छौ । हाम्रो पूजामा पढ्ने आर्यावर्ते भारतखण्डे त्यसकारणले यो नेपाल पनि भारतको नै हो भनेर कुन दिन बेर लगाउनु हुन्न वहाँ भन्दिनलाई ।

तपाईलाई थाहा छ नि प्रधानमन्त्रीले के भन्नुभएको छ भनेर ? तपाईले सुन्नुपर्छ के राम्रोसँग । प्रधानमत्री ओलीले नेपाल सांस्कृतिक हिसाबले मिचेको तथ्यहरू, अतिक्रमण भएको, भगवान् रामको राज्य अयोध्या नेपालको वीरगंजदेखि पश्चिममा पर्ने प्रधानमन्त्रीले बताउनुभएको छ नि त ।

प्रधानमन्त्री हुनुहुन्छ, वहाँप्रतिको सम्मान आफ्नो ठाउँमा छ । यो मानसिक दिवालापन बाहेक अरू केही होइन । यसरी प्रधानमन्त्री जस्तो ठाउँमा बसेर यस्तो यो हलुका कुराहरू बेशलेस आधारहीन कुराहरू दुई देशबीचको सम्बन्ध बिगार्ने कुराहरू संस्कृतिमाथिको एट्याक हो यो । वहाँ लगातार कहिले भूगोलमाथि अट्याक कहिले सभ्यता संस्कृतिमाथिको अट्याक, कहिले हाम्रो सम्ुदायमाथिको अट्याक, ७ वर्षे नागरिकताको कुरा उठाएर हाम्रो समुदायमाथि अट्याक गरिरहनु भएको छ । कहिले यो धर्ममाथिको, संस्कार र संस्कृतिमाथिको अट्याक गर्दै हुनुहुन्छ र एकप्रकारले मलाई लाग्छ कि वहाँले जे प्लान गर्दै हुनुहुन्छ । यसको ठुलो एउटा असर यो हाम्रो सम्बन्ध थियो भारतसँग एउटा असर पार्ने गरी असल छिमेकीको एउटा सम्बन्ध हुन्छ, त्यो सम्बन्ध बिगार्ने गरी सम्बन्धलाई क्षतविक्षत पार्ने गरी स्टेटमेन्ट आइसकेको छ । त्यसको भित्री नियत के छ बुझ्न गा¥हो भईरहेको छ । इतिहासले पनि यो कुरा प्रमाणित गर्छ । म यति मात्र भनेँ । म वहाँप्रति देशको प्रधानमन्त्री भएको नाताले सम्मान गर्दै वहाँको यो स्टेटमेन्ट एउटा मानसिक विवालापनको, वहाँको जो वेशलेस आधारहीन र दुइओटै देशको जुन संस्कार छ, संस्कृति, सभ्यताको जुन एउटा सम्बन्ध छ । त्यो सम्बन्धमाथिको एउटा कुठाराघात हो । एउटा यो प्रहार हो । यसलाई हामीले स्वीकार गरेर जाने स्थिति चाहि हुन्छ ।

होइन, जितेन्द्र सोनाल जी । प्रधानमन्त्रीको कुरालाई चाहि तपाईले गम्भीर भएर लिनुपर्छ के । देशको प्रधानमन्त्री बोल्नुभएको छ । राम भारतीय नभएको अयोध्या पनि भारतको नभएको र हामी अहिले पनि ठगिइरहेका छौं भारतसँग भन्ने उहाँको भनाई छ ।

कुर्सीलाई त मैले भनेँ नि सम्मान गर्ने कुरै छ । सम्मान गर्छौैँ प्रधानमन्त्रीको कुरा वहाँ कुर्सीमा बस्नुभएको छ । वहाँको कुर्सीलाई सम्मान गर्छौँ । तर सबै कुरा प्रधानमन्त्रीको सम्मान गर्नलायक गम्भीर कुरा हुँदैन् । यो कुरा अत्यन्तै हलुको, अत्यन्तै आधारहीन, अत्यन्तै महत्वहीन र मैले दुई देशबीचको सम्बन्ध बिगार्ने, दुई देशको सभ्यता, संस्कृति, संस्कारका जुन कुराहरू थियो । त्यो कुराहरूलाई वहाँले आधार पुग्ने गरी स्टेटमेन्ट दिनुभएको छ र यो स्टेटमेन्टको कुनै अर्थ छैन । प्रधानमन्त्रीजस्तो गरिमामय कुर्सीमा बसेर यस्ता स्टेटमेन्ट दिनु यो भन्दा म के भनुँ एउटा पोलिटिकली कल्चरमा म योभन्दा धेरै भन्ने स्थितिमा छैन । ऋषिजी यो वहाँले हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो सामाजिक सम्बन्ध, हाम्रो भौगोलिक सम्बन्धमाथि वहाँले कुठाराघात आघात पुग्ने गरी वहाँले दिनुभएको छ र यो स्टेटमेन्टले प्रकारार रूपमा इतिहासले यसलाई प्रमाणित गर्नेछ । वहाँको यो सम्पूर्ण गतिविधिले हाम्रो देश कहाँ जाँदैछ । हामी कहाँ जाँदैछौँ । हाम्रो के सम्बन्ध थियो । हामी दुइटै देश स्वतन्त्र देश हौँ । सार्वभौमसत्ता सम्पन्न देश हौँ । हामी यस्तो सिमाको रक्षा गर्नुपर्छ । हामी हाम्रो संविधानको रक्षा गर्नुपर्छ । हामी हाम्रो नागरिकको जिउधनको ग्यारेन्टीको रक्षा गर्नुपर्छ । यसमा कसैसँग हामी कुनै सम्झौता गर्दैनौँ । तर, जुन राम र सीताको सम्बन्ध तपाईको पशुपतिनाथ र विश्वनाथको सम्बन्ध तपाईको हिमालय र समुद्रको सम्बन्ध तपाईको यो सम्बन्धदेखि सारनाथदेखि लुम्बिनीको सम्बन्धमाथि कुठाराघात गर्ने कुरा कोही गर्छ भने तपाईको अयोध्या र जनकपुरको सम्बन्धको कुठाराघात गर्न चाहन्छ भने विश्वनाथ र तपाईको पशुपतिनाथको सम्बन्धमाथि कोही कुठाराघात गर्न चाहन्छ भने इतिहासले त्यसलाई क्षमा गर्दैन । योभन्दा म अरू म भन्ने स्थितिमा छैन । यो इतिहासले यस्ता कुरा गर्ने मान्छेहरूलाई चाहे जुनसुकै ठुलो पदमा किन नहोस् इतिहासले माफी गर्दैन । माफ दिँदैन् । यो चाहि कसैलाई कसैको व्यक्तिगत सामाजिक र सांस्कृतिक कुठाराघात गर्ने चाहि अधिकार छैन । file photo



प्रतिक्रिया दिनुहोस्