काठमाडौं, असार ३१ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी साथ आफ्नो टिम घोषणा गरेको छ । वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले हिजो मंगलबार राजधानीमा आफ्नो समूहका अन्य उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आईएमई ग्रुपका अध्यक्ष ढकालको हाल बैंक तथा वित्तीय क्षेत्र, केबलकार, अटोमोबाइल्स र होटल(रिसोर्टमा ठूलो लगानी रहेको छ
उनले आगामी तीन वर्ष शेखर गोल्छा नेतृत्व गर्ने वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्नो प्रतिस्पर्धी किशोर प्रधान समूहलाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै आफूहरूले आगामी चुनाव जितेर गोल्छाकै नेतृत्वको सारथी हुने बताए । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले गोल्छालाई पनि आफूहरूले यसअघि महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वातावरण बनाउन खेलेको भूमिकालाई नभुल्न आग्रह गरे । आफूहरूले निर्वाचन जितेपछि महासंघलाई ठूला मात्र नभएर साना उद्योगीलाई पनि समेटेर अघि बढी साझा चौतारी बनाउन चाहेको बताए । उनले आगामी निर्वाचनमा आफ्नो समूहका व्यवसायीलाई जिताउन आमव्यवसायीलाई आग्रह गरे ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले एसोसिएटबाट महासंघको राजनीति सुरु गरेका थिए । आईएमई ग्रुपका अध्यक्ष ढकालको हाल बैंक तथा वित्तीय क्षेत्र, केबलकार, अटोमोबाइल्स र होटल(रिसोर्टमा ठूलो लगानी रहेको छ । उनले पछिल्ले समय मुलुकको पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूत पनि हुन् ।राजधानी दैनिकबाट




प्रतिक्रिया