Logo

आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल



काठमाडौं, असार ३१। राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई सर्वत्र विरोध भइरहेका बेला नेकपा नेता भिम रावलले पनि ओलीको भनाई असान्दर्भिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको बताएका छन् ।

अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण भएको उनको भनाई छ ।

प्रधानमन्त्रीको तहबाट यस्तो समयमा यस्ता असान्र्दभिक र तथ्य समेत नभएका विषयहरु आएर विवाद सिर्जना गर्नु जनमतको अपमान र पार्टीका लागि समेत घातक भएको रावलले बताए ।

उनले देशको तत्कालिन आवश्यकता र दुइतिहाई नजिक सरकारले गर्नुपर्ने काम सीमा फिर्ता र भारतले बनाएका तटबन्धका विषयहरु सुल्झाउनुपर्ने भएपनि प्रधानमन्त्रीकै कारण सम्बन्धमा सुधार आउनुको सट्टा झन विग्रन पुगेको टिप्पणी गरे ।

नेता रावलले नेकपाको पार्टी अध्यक्ष समेत रहेका ओलीले कहीबाट यसको तथ्य र प्रमाण फेला पारेकै भएपनि पहिले सरकार, पार्टी र विपक्षी दलहरुसँग पनि छलफल नगरी आफ्नो आलोचनालाई विषयान्तर गर्न जथाभावी भनाई राख्दा नेपाल—भारत प्रबुद्ध समुहको प्रतिवेदनमा भएका विषय,सीमा र तटबन्धका विषय समेत ओझेलमा परेको बताए ।

रावलले आफु गृहमन्त्री हुँदा नेपाल—भारत सम्बन्धका विषयमा बनाएका र गरेका जति काम अहिलका प्रधामन्त्रीले गर्न नसकेको दावी गरे । उनले भारतसँग तत्कालिन सरकारले गरेका विषयहरु स्थायी कमिटीको बैठकमा उठाए आफु जवाफ दिन तयार रहेको भन्दै देशभन्दा पार्टी ठूलो र पार्टी भन्दा व्यक्ति ठूलो भन्ने भ्रमबाट ओली मुक्त हुन नसक्दा अव पार्टी गम्भिर बन्नुपर्ने अवस्था आएको धारणा राखे ।

रावलले भने,‘अहिले रामको सम्बन्ध उठाउने समय थिएन । सीमाका कुरा, १९५० को सन्धीका कुरा गर्दै नगर्ने । कालापानी लिम्पियाधुरा र तराइबाट ध्यान भड्काउने । पार्टीको विरोधबाट भाग्नको लागि प्रधानमन्त्रीले यस्तो असान्र्दभिक विवाद निकाल्नु भयो । भारतसँग वार्ता अब कसरी गर्ने भन्ने बारेमा र जनताका तत्कालिन समस्याहरु बारे नबोल्ने । ध्यान नदिने । बास्तविक समस्याबाट भाग्न खोज्ने । प्रधानमन्त्रीले मनलाग्दी बोल्ने, अनि पराराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्नुपर्ने? प्रधानमन्त्री कार्यलय बोल्नुपदैन?”

प्रधानमन्त्रीको बोलीमा लगाम लगाउनु पर्ने अवस्था आएकाले । विधि विधान अनुसार जानुपर्छ । पार्टीका कमिटीमा छलफल गरौ । कोरोनाबा बेला भएका भ्रष्टाचारलाई कारवाही नगर्ने । ओली सर्वशक्तिमान भएर नेपालमा बस्न सक्नुहुन्छ? बैठकमा नआउने । यस्तो विषयमा विचार गर्नुपर्छ । मैले यस्तो प्रमाण भेटेको छु के गर्ने भनेर सोध्नुपदैन । म पनि महाधिवेशनबाट उपाध्यक्ष भएको हुँ । इश्वर पोखरेलको खै? । हामीसँग अनेकौ विकल्प छ । अख्तियारले हेर्नुपर्छ र कारवाही गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्