Logo

सन् २०२७ सम्म बेलायतले हुवावेको फाइव जी पूर्ण रुपमा हटाउने, अरबौं डलर क्षति



एजेन्सी, ३१ असार। चिनियाँ कम्पनी हुवावे फाइव जी विस्तार गर्दै आएको छ । कम्पनीले विश्वभर फइव जी को शुरु गर्ने योजना बनाइरहेको छ । तर, यसमा समेत विवाद देखिएको छ । फाइव जीलाई सम्पूर्ण देशहरुले मान्यता दिएतापनि केही देशहरुले यसको विस्तार गरिरहेको कम्पनि हुवावेलाई आफ्नो देशमा प्रतिबन्ध लगाइरहेका छन् ।

बेलायतले समेत हुवावेको सम्पूर्ण सामाग्री र किटहरुमा प्रतिबन्ध लगाएको छ । त्यहाँका मोवाइल सर्विस प्रोभाइडरलाई हुवावेको कुनैपनि सामाग्री खरिद गर्न नपाउने गरी बेलायत सरकारले निर्देशन जारी गरेको छ । सरकारले फाइव जीमा लाग्ने सम्पूर्ण सामाग्रीहरुलाई पूर्ण रुपमा २०२७ सम्म हटाउन व्यवस्था बनाएको छ ।

उक्त कदमले फाइव जी प्रणालीमा प्रवेश गर्न वेलायतलाई एक वर्ष पछाडी धकेल्ने वेलायती अधिकारीहरुको भनाइ छ । फाइव जीले इन्टरनेटको गतिलाई अत्याधिक छिटो हुने, चालकरहित गाडी गुड्ने, गेमिङ छिटो हुन्छ ।

बेलायतको कतिपय शहरहरुले फाइव जीलाई शुरु गर्न थालिसेका छन् । तर, फाइव जीले उक्त क्षेत्रमा कभरेज गर्न सकेको छैन् । बेलायतको राष्ट्रिय सुरक्षा व्यवस्थालाई खतरा पुग्ने भन्दै हुवावेमा प्रतिबन्ध लगाइएको छ ।

हुवावेमा लगाउने प्रतिबन्धले उक्त कम्पनिलाई दुई अर्ब डलरको क्षति पुग्ने छ । हुवावेले उक्त कदमलाई बेलायतको प्रविधिमा धक्का पुग्ने र वेलायत डिजीटल प्रणालीको दौडमा ढिलो हुने जनाएको छ । बेलायतको कदमले हुवावे स्र्माट फोनको विक्रिमा कुनै असर नपुग्ने जनाइससेको छ । उक्त निर्णय निराशाजनक र गलत रहेको वेलायतका लागी चिनियाँ राजदूतले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्