काठमाडौं, ३१ असार । नेपालमा रहेका विभिन्न औषधि उत्पादक कम्पनि विभिन्न संघ/संस्थाहरुले ‘विदेशी औषधिलाई चौतारी’, ‘स्वदेशी उद्योगलाई शूलीको व्यवहार धिक्कार छ’, ‘हामी औषधि उत्पादनमा सक्षम छौं’ भन्दै बबरमहालस्थित औषधि व्यवस्था विभाग अगाडि धर्ना दिएका छन् ।

उनीहरुले विदेशी सेनिटाईजर, माक्सलगायतहरुलाई दर्ता नगरी गुणस्तरहीन खुलारुपमा विक्री वितरणमा छुट दिएको र नेपाली उत्पादकहरुले उत्पादन गरेका औषधिजन्य पदार्थहरु विक्री नहुँदा व्यवसायीहरु मारमा परेको भन्दै नारा, प्लेकार्डसहित धर्नामा बसेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया