Logo

बलात्कारको अभियोगमा सशस्त्रका एसएसपी पक्राउ



पोखरा, १ साउन । सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीले खाना खान बोलाएर क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै चितवनकी एक युवतीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो ।

चितवन घर भएकी २७ वर्षीया एक युवतीलाई खाना खान बोलाएर बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एसएसपी अधिकारीले लामापाटनस्थित आफ्नै क्वाटरमा ती युवतीलाई बोलाएका थिए । ती युवतीले खानपिन गर्ने क्रममा आफूलाई लठ्याउने औषधि खुलाएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त घटना सार्वजनिक भएपछि गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठसमेत घटनास्थलमा पुग्नुभएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्