Logo

ओली–प्रचण्ड सहमति गर्न दुवैको शर्त



काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको पाँचौ पटकको वार्तामा पनि सहमति जुटन सकेन । मंगलवार भएको वार्ता सहमति नजिक रहेकाले आज सहमति हुने बताइए पनि दुवै अध्यक्षको अडानको कारण ठोस सहमति जुटन सकेन ।

बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा ओली र प्रचण्डबीच तीन घण्टा वार्ता भएपनि दुवै जनाको आ–आफ्नै अडानको कारण सहमति जुटन नसकेको हो । राजिनामा दिनुपर्ने अडानबाट पछि हटेका प्रचण्डले आफूले पार्टीमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनु पर्ने अडान राखेका छन भने ओलीले प्रधानमन्त्रीसँग पार्टी अध्यक्षको भूमिकामा पनि रहने अडान राख्दा सहमति जुटन सकेको छैन् ।

प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहले प्रधानमन्त्री नछोडने हो भने पार्टी अध्यक्षको सम्पूर्ण अधिकार प्रचण्डलाई दिनुपर्ने अडानमा रहेका छन् । तर ओली पक्षले भने पार्टी प्रचण्ड नेपालले कब्जा गर्ने खतरा रहने भएकाले अध्यक्षमा रहिरहनुपर्ने अडान राख्न दबाब दिएको बताइएको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले तीन घण्टा छलफल भएपनि ठोस सहमति जुटन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘छलफल सकारात्मक ढंगले अगाडि बढेपनि बुँदागत रुपमा अझै पनि सहमतिको खाका तयार भइसकेको छैन्, भोली पनि दुई अध्यक्षबीच छलफल हुन्छ ।’ यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्