Logo

एक हजार करोड भारु बजेटको ‘महाभाारत’ को मुख्य भुमिकामा आमिर खान



नयाँदिल्ली,१ साउन । भारतको वलिउडका सुपरस्टार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिंग सकाएपछि एक हजार करोड भारु बजेटमा बन्न गइरहेको पौराणिक कथामा आधारित चलचित्र ‘ महाभारत’ मा खेल्ने जि न्युजले जनाएको छ ।

तर यस ऐतिहासिक चलचित्रमा उनले भगवान कृष्ण वा वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिका मध्ये एउटा छान्ने भएका छन् । कौरवमा हस्तिनापुरका पंच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ । यो चलचित्र वलिवुडको इतिहासमै अहिले सममकै सबैभन्दा ठूलो बजेटको हुने बताइएको छ ।

चलचित्र उद्योगका ट्रयाकर रमेश बालाले ट्विट गरेका छन् , ‘यो चलचित्र निर्माण मुल्यका आधारमा हलिवुडका ‘दि लर्ड अफ दि रिंग्स’ वा ‘दि गेम अफ थ्रोन्स’ जस्ता नामुद चलचित्रको कोटीमा पर्नेछ ।

यस अघि यो महाभारत श्रंखला रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो । विश्वको चासो र आकर्षण तान्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय सतरका लेखकहरले लेखने संचार माध्यमले जनाएको छ ।

केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाइृ अन्तर्वार्ता दिने क्रममा आमिर खानले महाभाारतमा आफुलाई मनपर्ने पात्र ‘कर्ण’ को भएको बताएका थिए । तर उनले कृष्णको भुमिका निभाउनु पर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन् ।

उनले भनेका छन् , ‘ महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो । तर मलाई थाहा छ यस परियोजनाका लागि मैले जिवनको कमितमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ । मलाइ मनपर्ने पात्र कर्ण हो ।

तर मेरो शारिरीक बनोटका कारण त्यो भुमिका निभाउन पाउने कुरामा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ । त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मनपर्छ । उनी कृष्णलाइ आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन् । ’ यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्