Logo

महाकविको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने



काठमाडौं, साउन १ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौंको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा भएका काम र नयाँ आर्थिक वर्ष ०७७÷७८ तय भएका कार्यक्रमबारे जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले सरकारले महाकवि देवकोटाको घरलाई खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि उक्त स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय’ निर्माण गरिने प्रक्रिया अगाडि बढाइएको जानकारी र्दिए ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै सदस्यसचिव उपाध्यायले निर्माणका लागि डीपीआर तयार भइसकेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्