काठमाडौं, २ साउन । आजबाट पत्रकारहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाईएको छ । सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्रको म्याद असार मसान्तमा सकिएको भोलिपल्ट आज पत्रकारहरुलाई सिंहदरबार प्रवेशमा रोक लगाईएको छ । पत्रकारहरु संसदीय समितिका बैठकका रिर्पोटिङमा जान लाग्दा आज उनीहरुलाई गेटबाटै सुरक्षाकर्मीहरुले फर्काएका हुन् ।
हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार सिंहदरबारको प्रवेशद्धारमा खटिएका सुरक्षाकर्मीहरुले सुचना विभागको पास मागेका थिए । पासको म्याद सकिएको भन्दै आफूहरुलाई प्रवेशमा रोक लगाईएको कालिकोटेले जनाए । यसअघि नयाँ पास बनाउनको लागि भन्दै हप्तादिनभन्दा बढि समय दिईने गरिएको भएपनि यसपालि त्यसो नगरिएकोमा गुनासो पोखे । ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुले भने सञ्चार मन्त्रालयका निमित्त सचिव राधिका अर्यालको आदेशबमोजिम नै आफूहरुले सुचना विभागको पास नभएका पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको स्पष्ट पारेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापाले भने कोभिड १९ को महामारीका कारण पत्रकारहरुलाई पास निविकरण गर्न केही समय लाग्ने बताउँदै सरकारले सुचना सम्प्रेषण गर्नको लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा थापाले भने,’पत्रकारहरुलाई यसरी रोक लगाउनु हुँदैन् । रोक लगाउनु गलत हो । हामी सरकारको ध्यानाकार्षण गराउन चाहन्छौं । अहिले कोभिड १९ को महामारी छ, यस्तो बेलामा अहिले पास रिन्यु गर्न जाँदा पनि कोरोना संक्रमण हुने खतरा रहन्छ । यो विषम परिस्थितिलाई ध्यानामा राखेर कोभिड महामारी रहुञ्जेलसम्म पूरानै पासलाई मान्यता दिइनुपर्छ ।’ थापाले यस विषयमा महासंघले तत्काल विज्ञप्ती जारी गर्ने जनाकारी दिए । file photo




प्रतिक्रिया