विकास दुवेको समुहका १६ वर्षीय किशोरको इनकाउन्टर


एजेन्सी, १ साउन । विकास दूवे इनकाउन्टरमा १६ वर्षीय युवक कार्तिकेको इनकाउन्टर भएको छ । उत्तरप्रदेशबाट १२ कक्षाको परिक्षा हालै मात्र सकेका थिए ।

कार्तिकेको कक्षा दशको मार्कसिट, आधार कार्डको आधारमा उनी १६ वर्षका रहेको जनाइएको छ । जुलाई ३ मा ग्याङटर विकास दुवेले डिएसपीसहित आँठ प्रहरीको क्रुरतापूर्वक हत्या गरेको आरोपमा उनलाई प्रहरीले निरन्तर खोजिरहेको थिए । हत्या भएको युवकको घर दुवेको घर नजिक रहेको थियो ।

३ जुलाईमा प्रहरी र ग्याङस्टरबीच भएको झडप हुने क्रममा प्रयोग भएको पेस्तोल युवकको साथमा भेटिएको कारण उनलाई प्रहरीले हिरासतमा लिएका थिए । उनी दूवेको ग्याङमा संलग्ने रहेको पुष्टि भएको थियो । आतंकवादीले आफ्नो गिरोहमा युवकको भर्ती गर्ने प्रक्रिया जस्तै दुवेले आफ्नो गुठमा युवाहरुलाई संलग्न गराउने गर्दथे । पक्राउ गरी युवक र दुवेलाई फरिदावादबाट कानपुर ९ जूलाईमा ल्याउने क्रममा कार्तिकेले सह इन्सपेक्टरको पेस्तोल खोसेर भाग्ने प्रयास गरेको उल्लेख छ । साथै दुवेले समेत मौकाको फइदा उठाएर प्रहरीलाई लक्षित गरी फायर गरे जवाफमा प्रहरीले समेत गोली चलाएको भनिएको छ । त्यस झडपमा दुई प्रहरी समेत घाइते भएका थिए ।

आत्मरक्षामा प्रहरीले उनीहरुको इन्काउन्टर गरेको भनिएको छ । जूलाई ३ मा घटेको घटनापछि कार्तिकेको आमाले उनलाई घर छोडी जान भनेका थिए । उनीसंग दुई जना समेत गएका थिए । उनलाई जूलाई ९ मा प्रहरीले हिरासतमा लिएका थिए । कानपुर ल्याउने क्रममा उनको हत्या भएको कार्तिकेकी आमाले आरापे लगाएकी छिन् ।

कार्तिके अब्बल दर्जाका विद्यार्यी थिए । एयर फोर्समा कार्यरत हुने इच्छा रहेको उनको आमाले बताइन् । कुनै पनि अपराधी गतिविधिको रर्कड दर्ज नभएको उनको आमाले बताइन् । प्रहरी उनलाई जबरजस्ती आरोप लगाई हत्या गरेको उनका आमाको आरोप छ । कार्तिकेको मार्कसिट र अन्य सरकारी कागजातहरु प्रहरीले कारवाहीमा नष्ट गर्न सक्ने कारण आमाले लुकाएको समेत बताइन् ।

कार्तिकेसंगै दुई युवक समेत पक्राउ गरेको परेका थिए । उनीहरुले दुवेका लागी हातहतियार आफ्नो घरमा लुकाएर राखेको आरोप प्रहरीले उल्लेख गरेका थियो । दुवे संग कार्तिकेले प्रहरीको पेस्तोल र गोली लिएर भागेको स्वीकार गरेको विषय प्रहरीले जनाएको छ । ३ जूलाईको भएको घटनामा २१ जना नामसहित संलग्न रहेको खुलेको छ । ६० जनाको नाम आउन बाँकी रहेको प्रहरीले बताएको छ । त्यसमध्ये दुवे र कार्तिकेलाई प्रहरीले मुठभेडमा मारिएको पुष्टि गरेको छ ।