Logo

…होइन भने पार्टी फुट्नबाट कस्ले रोक्न सक्छ र ?- चक्रपाणी खनाल, नेकपा स्थायी कमिटि सदस्य



काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य चक्रपाणी खनाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र हुन् । उनले पार्टी कुै हालतमा नफुट्ने र कुरा मिल्ने बताएका छन् । यसका लागि बटमलाइनमा कुरा हुने समेत बताए । यसै सेरोफेरोमा नेता खनालसँग ऋषि धमलाले गरेको कुराकानीः
नेपाल कम्युनिष्ट पार्टी फुट्छ कि नेताहरूको कुरा मिल्छ ? ठ्याक्कै भन्नुहोस् ।
कुरा मिल्छ, मिलाउनुपर्छ ।
कसरी मिल्छ, बताउनुहोस् ? मिल्नको लागि पनि त आधारहरू चाहिएला । तपाईहरू भनिरहनु भएको छ, दुवै पद प्रधानमन्त्रीले छोड्नुपर्छ । वहाँ छोड्न तयार हुनुहुन्न । प्रचण्ड र वहाँको बीचको भेटवार्ता निष्कर्षविहीन हुँदै गएको छ ।
अब भेटवार्ता निष्कर्षविहीन नै त होइन तर विविध विषयमा छलफल चलिरहेको छ भन्ने थाहा पाएको छु । मिलाउने भनेपछि त दुवै पदको कुरा, जे जति कुराहरू छन्, मिलाउने तिर जाने हो भने छोड्ने, लिने, दिने सबै हुन सक्ने भयो । मलाई लाग्छ अहिले फुटतिरको कुरा हुन सक्दैन । फुटतिर हामीले सोच्ने पनि होइन । नेपाल कम्युनिष्टको आन्दोलन एकतिर आएको छ । यसलाई फुटतिर लानु त्यति राम्रो संकेत हुँदै होइन । यो जनताप्रति पनि आफ्नै पार्टी पनि कसैप्रति न्याय हुँदैन । जुटतिर नै केन्द्रित गर्ने हो । त्यसो गर्दा दुई अध्यक्षबीचमा कुरा भइराखेकै छ, सायद मलाई लाग्छ कुरा मिल्छ होला ।
त्यसोभए कुरा मिल्छ होइन, आजबाट माधवकुमार नेपाल पनि सहभागी हुने छलफलमा, तीन जना नेता बसेर सहमति जुटाउन सक्नुहोला ?
सहमति त वास्तवमा हाम्रो कमिटि प्रणाली जुन हो, त्यो प्रणालीलाई नै चुस्तदुस्त गर्नुपर्ने, विवादले दुवैतिर ठुलो असर गर्दै लगेको छ । एकातिर पार्टी पनि सफल छैन भने अर्कोतिर विवाद नै विवादले सरकार पनि सफल छैन । जुन समस्या छ, त्यसलाई छिटोभन्दा छिटो हल गर्नुपर्छ । यसको समाधान स्थायी कमिटिले नै निकाल्नुपर्ने हो । अमुक नेताहरूबीचमा भएका सहमतिले मात्र त हुँदैन । हामीले दुईतिहारको सरकार र हामीले त्यो अहिले जिम्मेवारी त त्यहाँबाट लिनुपर्छ । त्यसैले केन्द्रिय कमिटिले हल गर्नुपर्छ । प्राविधिक कुराहरू पनि छन्, महाधिवेशन भएको छैन । सहमतिका आधारमा पनि आएका छन् कतिपय कुराहरू । त्यसैले निर्णय गरेर मात्र हुने कुरा पनि होइन । सबै संवेदनशीलतालाई हेरेर पार्टी विभाजन हुनबाट जोगाउने, यो विभाजन जोगाउने कुरा मात्र पनि होइन, यो त घोषणापत्रको प्रतिबद्धता पूरा गर्ने कुरा पनि हो । यतिखेर एकीकृत राख्नेतिर नै जोड दिनुपर्छ ।
होइन अहिलेको विवाद भनेको तपाईलाई थाहा छ, चक्रमणि जी । तपाई त विभिन्न शीर्ष नेताहरूसँग बसेर पनि छलफल गरिरहनु भएको छ । एउटा गुट होला, उपगुट होला होइन । विभिन्न तरिकाका बैठकहरू पनि भईरहेका छन् । समाधान चाहि अध्यक्षको लेनदेनबाट होइन विधिबाट खोजिनुपर्छ भन्दै माधवकुमार नेपाल र प्रचण्ड निकट १७ जना स्थायी समितिका सदस्यहरूले गर्नुभएको छ ।
यसको सुरुवात हामी २० जनाले स्थायी समिति बोलाऔँ । नेताहरूले यसलाई समाधान गर्न सक्नुभएन । यसलाई स्थायी समिति बोलाऔँ भनेरै सचिवालयमा जुन छलफल हुने गर्यो, हेरेरै २० जनाको बैठक आह्वान गरेका थियौँ । अहिले विभिन्न समुहहरूमा छलफल भइरहेका छन् ।
होइन हिजोको बैठकमा तपाई हुनुहुन्थेन ? देव गुरुङको कार्यकक्षमा भएको बैठकमा ?
म थिइँन । मेरो भनाई के पनि हो भन्नहुन्छ भने अहिले पार्टीभित्र जुन प्रकारका गुट उपगुटहरू छन्, यो विभिन्न तरिकाले चलिरहेको छ । मलाई लाग्छ यो अन्यथा पनि होइन । छलफल फेरि सकारात्मकतिर सोचियो भने निष्कर्ष निस्कन्छ । त्यसकारण अहिले छलफल चलिरहेकै छन् । जे होस् अहिले हामीले कमिटिबाटै निष्कर्ष निकाल्नुपर्छ । कमिटि र विधिबाटै जाने, प्रणालीबाटै जाने त्यो गरियो भनेदेखि मलाई लाग्छ निष्कर्ष आउँछ ?
स्थायी समितिको बैठक भोली होला त ? सहमति निकाल्न सक्ला, चक्रमणि जी ?
मलाई लाग्छ, हाम्रो संघर्ष जुन ठाउँमा पुगेको छ, आन्तरिक रूपले । बैठक एउटा निष्कर्षको लागि बस्ने हो । बैठक मात्र बसेर त कुनै अर्थ छैन । बैठक त बस्छ फेरि, बस्नुपर्छ । त्यसबाहेक अरु केहीले समाधान त गर्ने होइन यो । त्यसैले मलाई लाग्छ, बैठक बस्छ ।
बैठक बसेर तपाईहरू छिनोफानो गर्न सक्नुहुन्छ ? विवाद मिलाउन सक्नुहुन्छ ?
अहिले मेरो तहबाट यो छिनोफानो हुन्छ भनेर म भन्न सक्दिन । हामीले छलफलबाटै समाधान खोज्नुपर्ने हुन्छ । छिनोफानो नै गर्ने भन्ने हो भने अहिलेसम्म कुर्नुपर्ने थिएन । यो लामो समयमा विभिन्न कुराहरू भइरहेको छ ।
अब प्रधानमन्त्रीले राजीनामा नदिने निष्कर्ष निकाल्नुभएको छ । तपाईहरू के गर्नुहुन्छ त ? तपाईहरूसँग विकल्प के छ ?
कमिटी प्रणाली प्रधानमन्त्रीले नमान्ने, बहुमतबाट छिनोफानो गरौँ भने सहमतिको कुरै नगरे हुन्छ । एकीकृत पार्टी किन चाहिएको हो त ? गुटहरू चाहिएको हो र आफ्नै गुटले समाधान निकाल्न सक्ने अवस्था भएको भए यो एकीकृत पार्टी किन चाहिएको थियो ? पहिलो कुरा त हामीले त्यहाँबाट समाधान गर्नुप¥यो । अहम्ताले पनि यो हुँदैन । बहुमत र अल्पमत व्यक्ति व्यक्तिमा गएर पनि सिद्धिएका उदाहरण पनि छन् ।
होइन विधि र प्रक्रिया पूरा गर्दाखेरि तपाईलाई थाहा छ, पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीभित्र कुनै नेता छैन । आ–आफ्नै अडानमा छन् । प्रचण्ड भन्नुहुन्छ, तपाईले कुनै एउटा पद छोड्नुपर्छ, कि त प्रधानमन्त्री कि पार्टी अध्यक्ष । अब प्रधानमन्त्री भन्नहुन्छ, महाधिवेशनसम्म तपाईहरू कुर्नुहोस् । प्रधानमन्त्रीको लागि तपाई आउने निर्वाचनसम्म कुर्नुहोस् । अब समाधान के त ?
पार्टी विधि नै कुनै चिज मान्दिन भनेर प्रधानमन्त्रीले भन्नृे ?
होइन प्रधानमन्त्रीले भनिसक्नु भयो । अहिलेको अवस्थामा वहाँलाई जनताले मत दिएको हो नि त । वहाँको मतबाट निर्वाचित प्रधानमन्त्री हो नि त के.पी. शर्मा ओली । अहिले तपाईले राजीनामा माग्ने बित्तिकै वहाँले राजीनामा दिनुपर्ने कारण छ ?
जनताको मत पनि अनि यो पार्टी चाहि के त । जनताको मत नेपाल कम्युनिष्ट पार्टीलाई हो ।
होइन प्रधानमन्त्रीको नाममा मत आएको हो नि त । बाहिर त बहस त सुरु भएको छ नि त । के.पी. शर्मा ओलीको नाममा चाहि मत आएको हो क्या । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले मतदान गरेको होइन ।
यो गलत कुरा हो । मैले प्रधानमन्त्री अथवा अरु व्यक्तिप्रति पूर्वाग्रही हुनुपर्ने जरुरी छैन । यो मत भनेको नेपाल कम्युनिष्ट पार्टीलाई आएको हो । आम जनतामा आमसञ्चार भइसकेपछि प्राप्त मत हो भन्ने कुरा बुझ्नुप¥यो । दोस्रो कुरा जनता, कार्यकर्ताको जुन उत्साह रह्यो र उत्साह मतमा परिणत भयो ।
मलाई के लाग्छ भने बहुमतबाट नै सबै कुरा हुन्छ भन्दा पनि मलाई लाग्छ त्यो सम्भव छैन । पार्टी र सरकारका कुराहरूलाई राम्ररी तालमेल मिलाउन सकेको भए ५ वर्षको यो म्यान्डेटलाई हामीले कार्यान्वयन गर्नुपर्छ । हाम्रा पनि केही लालसाहरू छन्, हामीले त्यो अहिले थाँती राख्नुपर्छ । यसरी सुरु भएको भए मलाई लाग्छ यसले निष्कर्ष पनि दिन्थ्यो होला । अब यो अलिकति तन्किएर गयो । पार्टीभन्दा माथि व्यक्ति, कमिटि प्रणालीभन्दा माथि व्यक्ति, यदि त्यस्तो हो भनेदेखि त त्यसको अरु कुनै विकल्प छैन आन्दोलनको ।
होइन नेपाल कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि पछिल्लो समयमा नेताहरूको बीचमा तपाईहरूको बीचमा जुँगाको लडाँइ त छ हेर्नुस्, एकआपसमा, द्वन्द्व विवाद छ, रिस राग पनि छ, शक्ति संघर्ष पनि छ । यो अवस्थामा तपाई मलाई ठ्याक्कै के बताउनुस् भने ईश्वर पोखरेलले उपप्रधानमन्त्रीले मसँगै नेपाली बहस मै प्रष्ट रूपले भन्नुभएको छ । अहिलेको अवस्थामा के.पी. शर्मा ओली दुवै पदमा रहनुहुन्छ । वहाँ ब्याक हुने कुनै सम्भावना छैन ।
तपाईको कुरा बुझेँ । त्यही भएर दुबै पदमा रहनुुहुन्छ भन्ने कुरा अन्य पक्षले मानेको भए त अहिलेसम्म बैठक सकिएको हुन्थ्यो । सरकार पनि आफ्नो काममा लागेको हुन्थ्यो । हाम्रो पार्टीतिर पनि सबै कुरा रोकिएर बसेको छ । कतिबेला के हुने भनेको छ, जाँगर पनि कसैको केही देखिन्न । यो स्थितिमा मलाई लाग्छ यसको समाधान त हामीले खोज्नुपर्छ भनि दिएर त हुने कुरा होइन यो । प्रधानमन्त्रीले मैले दुवै पद छोड्दिन जे गर्छौ गर भन्नु भएको छ । पार्टीले पनि अब के भनिरहेको छ भन्दा होइन अब कारबाहीबाट जानुपर्छ दुवै पदबाट हटाएर जानुपर्छ पनि भनिराखेको छ । तर हामी त के भनिरहेका छौँ भने हाम्रो पनि अर्को पक्ष छ ।
होइन तपाईहरूको भनाइ के त ठ्याक्कै बीचको बाटो के त ? सहमतिको सूत्र के त ?
पदको मात्रै कुरा पनि होइन यो । कम्युनिष्ट आन्दोलनमा आएकाृ एउटा समस्या पनि हाृे नि त ।
होइन अहिलेको लडाँइ त पदको लडाँइ हो नि त । जे जतिसुकै कुरा गरे पनि जनताले पदकै लडाँइ भनिराखेका छन् है ।
यतिखेर पदका लडाँइकै लागि पनि कोही त उठिदिनुपर्ने होला नि । अहिले पदबाट पनि त माथि उठ्न सक्नुप¥यो नि त । कम्युनिष्ट पार्टी सधैँ के पदको लागि लड्ने हो ? साच्चै भन्ने हो भने कम्युनिष्ट पार्टी नै त हो पदको लागि नलड्ने, जनताको लागि भनेर आएको पार्टी हो । व्यवहारमा सिद्ध हुनको लागि त कमसेकम पनि पार्टीको निर्णयहरू मान्नुप¥यो । हाम्रो पद्धति छ, हाम्रो विधान छ, दलका नियम होलान्, यी सबै कुरा मानेर जानुपर्छ । अर्कोतिर मलाई लाग्छ, अहिले हामीले कही न कही सहमति पनि खोज्नुपर्छ । त्यो भएर त्यता जोड गरिएको हुनाले बैठक स्थगित भएको हो ।
बैठक स्थगित भइरहेको छ । असार १० गतेबाट सुरु भएको बैठक पनि ुहुन सकेको छैन । प्रचण्डका विभिन्न किसिमका तर्कहरू पनि आएको छ । प्रश्नहरू पनि आएका छन् । ९ बुँदे प्रस्ताव पनि प्रचण्डले पेश गर्नुभएको छ मैले थाहा पाए अनुसार होइन । तपाई के बताउनुस् भन्दा खेरि अब नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको समाधान के छ त ? जाँदाजाँदै भन्नुस्, ठ्याक्कै बुँदामा ।
हामीले अहिले यसको समस्याको समाधान के हुन सक्छ भने दुवै पदको विषयमा प्धानमन्त्रीलाई पनि अप्ठ्यारो भएको छ । एक पदतिर पनि हाम्रो जोड हुन सक्छ । सञ्चालनको संयन्त्र निर्माण गरेर पार्टी बाइपास भयो भन्ने खालको जुन कुरा उठिरहेको छ, यसलाई समाधान गर्न सकिन्छ । पार्टी महाधिवेशनसम्म अब कसरी जाने भन्ने कुरा महाधिवेशनको एउटा खाकासहित अगाडि बढ्ने हो भने मलाई लाग्छ, धेरै कुराहरू हल हुन सक्छ । शीर्ष नेताहरूले अब कार्यकारी दोस्रो पुस्ता होस् भनेर छोड्न सक्नुपर्छ । यो अनेक अनेक कुराहरू छन् नि, यो गर्यो भने मिल्छ । होइन भने त पार्टी फुट्नबाट, यो कम्युनिष्ट पार्टी फुटबाटै आएको हो, त्यसमा कसले रोक्न सक्छ र ?
तपाईलाई थाहा जस्तो मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ भन्ने प्रस्ताव पनि आएको छ नेताहरूको बीचमा सरकारले राम्रो काम गर्न सकेन भनेर पनि जनताले भनेका छन् । अब तपाईहरू स्थानीय स्तरबाट बाहिर निस्कदा खेरि सङ्लो निस्कनुहुन्छ ?
विविध सम्भावनाको बीचमा अहिले सहमति कहाँ जुटाउन सकिन्छ भनेर सबैजना लगातार लागिरहेकै छौँ । हामी सबै सहमति जुटाउन लागिरहेकै छौँ । अन्तिमसम्म यसको विकल्प छैन । सहमति जुट्छ ।
त्यसोभए एक व्यक्ति एक पदमा जान्छ, नेपाल कम्युनिष्ट पार्टीको अब ?
त्यो त जानुपर्छ, त्यो हामीले पहिल्यै भनिसकेका छौँ । हामीले व्यक्ति हेरेर संगठन निर्माण गरिदिने र पद हेरेर संगठन निर्माण गरिदिने होइन । होइन भने एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष भएर चलाउन पनि सक्छ, चलाउन नसक्ने भन्ने होइन तर अहिले यो पार्टी र शीर्ष व्यक्तिहरू भएको बेलामा चलाउने तरिका अरु पनि हुनसक्छ कि भनेर खोजेको मात्र हो हामीले ।-File Photo



प्रतिक्रिया दिनुहोस्