Logo

भारतमा कोरोनाविद्धको खोप बन्ने बिल गेट्सको विश्वास



एजेन्सी, १ साउन । भारतीय फार्मा उद्योगहरुले भारतको लागी मात्र नभइ सम्पूर्ण विश्वका लागि कोरोना खोप उत्पादन गर्न सक्षम रहेको माइक्रोसफ्टका संस्थापक बिल गेट्सले बताएका छन् । भारत कोरोना खोपको विकास गर्न निरन्तर लागी परेको उनले जनाए ।

भारतले कोरोनाबाहेक अन्य रोग वा भाइरस प्रति देखाएको अग्रसरता सराहनीय रहेको गेट्सले जनाएका छन् । भारतले आफ्नो जनसंख्या र अत्यधिक चापका कारण कोरोना संक्रमणको भयावह रुप देखेको विषय गेट्सले डकुमेन्ट्री ‘इन्डिया वार अगेन्स्ट भाइरस’मा भनेको छन् । बिहिबार उक्त डकुमेन्ट्री डिस्कभरी प्लसमा देखाइने छ । उनले भारतीय फार्मा उद्योग स्वयम आफैमा सक्षम रहेको र सम्पूर्ण विश्वलाई औषधी र खोपहरु समेत आपूर्ती गर्दै आएको बताए ।

विश्वभर सबैभन्दा बढी औषधी उत्पादन गर्ने देश भारत नै रहेको उनले जानकारी दिए । सेरेम फार्मा, बायो इ, भारत वायेटेकहरु कोरोना विरुद्वको खोप निर्माण गर्न लागिपरेको उनले बताए । भारतीय फार्मा र सीईपीआईको संयूक्त साझेदारीमा काम भइरहेको र यसको मद्दतले भारत सम्पूर्ण विश्वलाई औषधी उत्पादन गर्ने बताए । त्यसबेलासम्म मृत्यु दर कम गर्ने र आफ्नो प्रतिरक्षा प्रणालीलाई विकास गर्नुपर्ने सुझाए ।

बिल एण्ड मेलिन्डा गेट्स फउन्डेशनसमेत भारतीय अनुसन्धान परिषद्संग काम गरिरहेको गेट्सले बताए । विगतदेखि फाउन्डेशन भारतीय अनुसन्धान परिषद्संग आवद्व भइ विभिन्न खोपहरुको अुनसन्धानमा लागीरहेको उनले जनाए । भारतको अत्यधिक जनसंख्या भएको कारण यसलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।-File photo



प्रतिक्रिया दिनुहोस्