Logo

मंगल ग्रहमा यान पठाउँदै चीन, प्रक्षेपणका लागि रकेट तयार



एजेन्सी, २ साउन । चीनले मंगल ग्रहको मिसनको लागि अर्को पाइला चालेको छ । मंगलमा पहिलोपटक यान पठाउनका लागि प्रक्षेपणका लागि रकेट तयारी अवस्थामा राखेको छ ।

तियानवेन-१ नाम दिइएको मिसन अन्तर्गत रकेट वेन्चाङ स्पेस लन्च सेन्टरमा ठाडो गरी राखिएको ग्लोबल टाइम्सले जनाएको छ । रकेटलाई जुलाई देखि अगष्टको शुरुसम्ममा प्रक्षेपण गरिनेछ ।

रकेटमा यान हुनेछ । जुन एकै मिसनमा तीनवटा उद्देश्यका साथ पठाउन लागिएको हो । तियानवेन-१ सफल भएमा यसले मंगल ग्रहलाई परिक्रमा गर्ने, अवतरण गर्ने र जमिनमा यात्रामा निस्कने छ । एउटै मिसनमा तीनवटा काम एकसाथ गर्नेछ ।

चीनको मंगल मिसन त्यहाँको सरकारले सन् २०१६ मा अनुमोदन गरेको हो । त्यसपछि चार वर्ष लगाएर सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ ।

मंगल मिसनो यान जडित रकेटको पूर्ण चेकजाँच र अनुगमन पछि मात्र प्रक्षेपण गरिनेछ । मंगल ग्रहको दुरी साँढे पाँच करोड किलोमिटर छ । पृथ्वी र मंगल ग्रह २६ महिनामा एकपटक नजिक आउँछन् ।

मंगल मिसनमा रकेट प्रक्षेपण गर्न निश्चित वातावरणीय अवस्था हुनुपर्छ । वर्षा हुनुहुँदैन, जमिनको सतहमा हावाको वेग प्रति सेकेन्ड आठ मिटर भन्दा बढी हुनुहुँदैन । दृश्य देखिने दुरी तेर्सोमा २० किलोमिटर हुनुपर्छ । वरिपरिको ३० देखि ४० किलोमिटर क्षेत्रमा हुरी लाग्नु हुँदैन ।-Photo: China Aerospace Science and Technology Corporation 



प्रतिक्रिया दिनुहोस्