Logo

गणेशमान सिंहलाई अंग्रेजी डिस्नेरी कन्ठस्थ, छोरा प्रकाशमानलाई जेलबाट अंग्रेजीमा चिठ्ठी



काठमाडौं, २ साउन । लौहपुरुष गणेशमान सिंह वाकपटुतामा कमजोर थिए । तर, उनको लेखन क्षमता उत्कृष्ट थियो । अंग्रेजी असाध्यै राम्रो लेख्थे ।

गणेशमान सिंहले सुन्दरीजल जेलमा बस्दा छोरा प्रकाशमान सिंहलाई अंग्रेजीमा चिठ्ठी लेख्थे । उनले सन् १९६८ मा छोरालाई लेखेको चिठ्ठी बुहारी सृजना सिंहले सार्वजनिक गरेकी छिन् ।

गणेशमानलाई अक्सफोर्ड डिस्नेरी कण्ठ थियो । छोराछोरीको अंग्रेजी ब्याकरण खुबै चेकजाँच गर्थे ।

लौहपुरुष गणेशमान सिंह प्रजातन्त्रका लागि भएको संघर्षमा पटक पटक जेल परेका थिए । उनको नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले देशमा पञ्चायती शासन ढलेर बहुदलीय प्रजातन्त्र स्थापना भएको थियो ।

Photo Source: Shrijana Singh Twitter Page



प्रतिक्रिया दिनुहोस्