काठमाडौं, २ साउन । गन्तव्य नेपालले कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर बिभिन्न क्षेत्रबाट बिभिन्न योगदान पुर्याएका १७ जनालाई कोरोना डिफेन्स अवार्ड २०२० ले सम्मानित गरेको छ । आज नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजित अवार्ड वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, संघीय सांसद बहादुरसिंह लामा, बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, अवार्ड छनोट समितिका संयोजक रामशरण थपलियासँगै गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले देशभरबाट छनोटमा परेका १७ सामाजिक अभियन्तालाई अवार्ड प्रदान गरे ।
यसअघि, अवार्ड पाउने व्यक्तित्वहरुको छनोटका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलियाको संयोजकत्वमा नेपाल एयरलाइन्सका सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा, वरिष्ठ पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठ, रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला सम्मिलित पाँच सदस्यीय अवार्ड छनोट समिति गठन गरिएको थियो ।

कार्यक्रममा ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी जारी महामारीबीच ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको र देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकार लगायतलाई स्वास्थ्य सामग्री वितरण गरेको बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरियो ।
यस्तै कोरोनाको महामारीमा पनि सन्चार माध्यम मार्फत र विभिन्न देशमा बैदेशिक रोजगारीमा रहेका र कोरोनाको समस्याबाट पिडित बनेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ/सँस्था सँगको सहकार्यमा उद्दारमा उल्लेखनिय योगदान गरे बापत जनसवाल राष्टिय दैनिकका सम्पादक रामजी बगालेलाई कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित गरिएको छ ।

यस्तै, महामारीबीच गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरियो । अन्य सामाजिक व्यक्तित्व ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित भए ।
यसरी सम्मानित हुनेमा कामपा वडा–३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरु तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरी कितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ताहरु क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकार शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम / Social Media-Facebook




प्रतिक्रिया