विश्वभर कोरोना संक्रमित एक करोड ४१ लाख, भारतमा १० लाख नाघ्यो


एजेन्सी, ३ साउन । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या एक करोड ४१ लाख नाघेको छ । मृतक संख्या ५ लाख ९८ हजार पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित १० लाख नाघेको छ । त्यहाँ १० लाख ४० हजार संक्रमितमध्ये २६ हजारको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा ३७ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ एक लाख ४१ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा २० लाख संक्रमित पुगिसकेका छन् । त्यहाँ ७७ हजारको मृत्यु भइसकेको छ ।