Logo

भारतीय औषधी कम्पनीद्वारा कोरोना खोपको मानव परिक्षण सुरु



एजेन्सी, ३ साउन । भारतका दुई कम्पनी भारत वायोटक र जाइडस क्याडीलाले कोरोना खोपको मानवीय परिक्षण सुरु गरेका छन् । कोरोनाविरुद्व निर्माण गरिएको खापको पहिलो मानवीय परिक्षण यी दूई कम्पनीले जूलाई १५ मा गरिएको थिए ।

संक्रमित व्यक्तिको प्रतिरोधात्मक प्रणालीलाई गहिराई र नजिकबाट अध्ययन गर्न केही मानिसमा परीक्षण गरिएको जनाइएको छ । अल इन्डिया मेडिकल इन्सटिच्युट (एम्स) पटनाले भारत वायोटेकद्वारा निर्मित कोभ्याक्सिनलाई नौँ जनामा परिक्षण गरेको छ । यससंगै भारतमा १२ वटा मेडिकल संस्थानमा कोभ्याक्सिनको परिक्षण भइसकेको छ । नतिजा भने निकै सुरक्षीत र प्रभावकारी देखिएको छ ।

दूवै कम्पनीले मानव परिक्षणको मान्यता पाएको ७ देखि १४ दिन भित्रमा करिब १८ देखि २० मानिसमा पहिलो चरणको भ्याक्सिन प्रयोग गर्नेछन् । मेडिकल इन्सच्गुट पटनाका प्रमुख डा.सि एम सिंहका अनुसार भ्याक्सिन परिक्षको क्रममा सुरक्षीत रहे यसलाई संक्रमित मानिसमा प्रयोग गराउन अत्यधिक मेडिकल स्टाफको आवश्यकता रहेको बताए । बिहार संक्रमण देखा परेपछि लकडाउन अनिश्चत देखिएको उनले बताए ।

भ्याक्सिनको परिक्षणमा दिलाई लकडाउनको कारण हुन नसेको उनले बताए । बिहारमा भ्याक्सिनको प्रयोग गर्न २०० मानिस इच्छुक रहेको जनाइएको छ । एम्स पटनाले कोरोना संक्रमितको लक्ष्य पुरा गर्न तीन दिन भ्याक्सिन लगाइनेछ । पहिले कम्पनीद्वारा गरिएको परिक्षण आउन बाकी रहेको छ । परिक्षण्को नतिजा आउनासाथ यसको प्रभावलाई मध्येनजर गरी प्रयोगमा ल्याउने जनाइएको छ । ७० जना भ्याक्सिनको प्रयाग गर्न आफ्नो नाम दर्ता गराइसकेको एम्स पटनाले जनाएको छ । भारत वायोटेकले एम्स पटनालाई शनिबार भ्याक्सिनको १० डोज उपलब्ध गराइसकेको र अन्य १० डोज सोमबारसम्म उपलब्ध गराइदिने छ। त्यसैगरी जाइडसद्वारा निर्मित जाइकव डीको परिक्षणमा कति जनाले भाग लिने विषय निश्चित नभएको बताइएको छ ।

कम्पनीले करिब एक हजार ४८ जनामा पहिलो र दास्रो चरणको परिक्षण गर्ने लक्ष्य बोकेको छ । जाइकव डीको परिक्षण एउटा साइटमा मात्र प्रयोग गरिनेछ । त्यसकारण परिक्षण पूर्ण गर्न एक वर्षको समयअवधि लाग्न सक्ने छ । कोभ्याक्सिनलाई भने १० वटा साइटमा प्रयोग गरिनेछ । एम्स दिल्लीले परिक्षण गर्न मान्यताका लागी पर्खिरहेको छ । कोभ्याक्सिनको पहिलो र दास्रो चरणको परिक्षण पुरा हुन एक वर्ष तीन महिनाको समय लाग्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्