Logo

क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु



पर्वत, ३ साउन : सामुदायिक क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु भएको छ । पर्बतको पैंयु गाउँपालिका वडा नं ६ का यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजाने क्रमममा मृत्यु भएको हो । क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका लागि गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा पुगेपछि उनलाई मृत घोषित गरिएएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

उनी भारतबाट असार १६ गते कुस्मा आएका थिए। उनलाई कुस्माको पुलिङ क्वारेन्टाईनमा राखिएको थियो । असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो । उनी प्रेसरको बिरामी समेत रहेको जनाइएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्