Logo

पृथ्वीतिर बढ्दैछ क्षुद्रग्रह, खतरनाक हुनसक्ने नासाको चेतावनी



एजेन्सी, ३ असार । पृथ्वीतर्फ क्षुद्रग्रह बढिरहेको छ । अबको एक हप्तामा क्षुद्रग्रह पृथ्वीको निकै नजिक आइपुग्नेछ ।

अमेरिकाको अन्तरीक्ष अध्ययनकर्ता नासाले २४ जुलाईमा ठुलो क्षुद्रग्रह पृथ्वी नजिक भएर जाने जानकारी दिदै सम्भावित खतरा औल्याएको छ । एस्टेरोइड २०२० एनडी नामको क्षुद्रग्रहबारे खतरा समेत औल्याएको छ । उक्त क्षुद्रग्रह १५० मिटर मात्र लामो छ र पृथ्वीबाट ५० लाख ८६ हजार किलोमिटर टाढा छ ।

यसैगरी नासाले दुईवटा साना क्षुद्रग्रह पनि पृथ्वी नजिक भएर आइतबार जाने जानकारी दिएको छ । ती क्षुद्रग्रह २०१६ डिवाइ-३० र २०२० एमई-३ हुन् । क्षुद्रग्रहको गति प्रति घन्टा ४८ हजार किलोमिटर रहेको छ । जुन गति र पृथ्वीसँगको दुरीका दृष्टिले खतरनाक हुनसक्ने नासाले जनाएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्