Logo

नीति सन्तुलित आएको छ, ब्याज तिर्न समय दिईनु सकारात्मक : उपाध्यक्ष अग्रवाल



काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए । उनले भने,‘यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ। हामी खुशी छौं ।’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको स्पष्ट पारे । पूनर्कर्जा अत्यन्तै राम्रो आएको र ऋणको व्याज तिर्न ६ देखि एक वर्षसम्म समय दिईनु सकारात्मक भएको उनको भनाई छ ।

अग्रवालले भने,‘ब्याजरकर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । हामी यसको प्रशंसा गर्छौं ।’ उनले मौद्रिक नीतिले रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएको उल्लेख गरे । उनले भने,‘कृषि क्षेत्रमा कर्जा बढाएको छ । विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भनेको छ । यसले कृषिमा रोजगारी बढ्छ । कृषि क्षेत्रलाई आत्मनिर्भर पनि बनाउँछ ।’

त्यस्तै, सीसीडी पनि ८० बाट ८५ प्रतिशत गरिएको सुनाउँदै यसले तरलता पनि बढ्ने उनको भनाई छ । उनले नीति कार्यान्वयनमा चूनौति रहेकोले त्यतातर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्