शनिबार एक सय तीन जना कोरोना परास्त गर्न सफल


काठमाडौँ ३ साउन : आज (शनिबार) ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपाल कोरोना संक्रमितको संख्या १७ हजार ५०२ जना रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना कोरोना परास्त गर्ने व्यक्तिको संख्या एक सय तीन पुगेको छ भने हालसम्म कोरोना परास्त गर्ने कुल संख्या ११ हजार ६३७ पुगेको छ ।File Photo