Logo

सुर्यको अहिलेसम्मकै नजिकबाट लिइएको तस्बिर सार्वजनिक



एजेन्सी, ३ साउन । सुर्यको अहिलेसम्मकै सबैभन्दा नजिकको तस्बिर सार्वजनिक भएको छ । तस्बिर ७ करोड ७० लाख किलोमिटर टाढाबाट लिइएको हो जुन अहिलेसम्म लिइएकोमध्ये सबैभन्दा नजिकको हो ।

यो वर्ष प्रक्षेपण गरिएको युरोपेली स्पेस एजेन्सीको सोलार अर्बिटर सोलो मिसनले तस्बिर खिचेको हो । तस्बिर पृथ्वीको टेलिस्कोपले लिदै आएकोभन्दा लाखौं गुणा ठुलो ज्वाला रहेको बताइएको छ ।

सुर्यको सबैभन्दा चीसो सतहको तापक्रम ५५ सय डिग्री र सबैभन्दा बढी १० लाख डिग्रीभन्दा माथि रहेको वैज्ञानिकहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्