तीन दिन लगातार बर्षा हुने, यी क्षेत्रमा हुनेछ बाढीको उच्च जोखिम


काठमाडौं, साउन ४ । देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ । साउन ४ देखि ७ गतेसम्म न्यून चापीय रेखा नेपालको तराई भूभागमा आउने भएकाले चार दिन मनसुन तीव्र रूपमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण वर्षापछि हुने सम्भावित प्राकृतिक विपत्तिविरुद्ध तयारी थाल्न जल तथा मौसम विज्ञान विभागले सरोकारवालालाई अनुरोध गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी चार दिन देशका धेरैजसो स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ ।

वर्षाका कारण विभिन्न भेगमा बाढी तथा पहिरोको उच्च जोखिम रहेको जनाउँदै महाशाखाले साउन ५ देखि ८ गतेसम्म प्रदेश–१, २, बाग्मती र गण्डकी प्रदेशका कन्काई तमोर, सुनकोसी, सप्तकोसी, कमला, वाग्मती, लालबकैया, बूढीगण्डकी, सेतीगण्डकी, मस्र्याङ्दी, कालीगण्डकी तथा यी नदीका सहायक नदीको जल सतह बढेर केहीमा सतर्कता तह पार गर्ने सम्भावना छ ।

साथै, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशतर्फ मध्य पहाडी, चुरे र तराईबाट बहने एक÷दुई नदीनालामा आकस्मिक बहाव हुने सम्भावना रहेकाले सर्तकता अपनाउँन समेत महाशाखाले अनुरोध गरेको छ ।