भारतीय टोलीबाट हटाइएको विषयमा गांगुलीको खुलासा


एजेन्सी ४ साउन : बीसीसीआईका अध्यक्ष तथा पूर्वभारतीय कप्तान प्रिन्स अफ कोलकाता सौरभ गांगुलीले आफ्नो अन्तर्राष्ट्रिय करियरका विषयलाइ लिएर पुनः रहस्यमय खुलासा गरेका छन्। उनले उक्त विषय एक बंगाली अखबारलाई दिएको अन्तरवार्तामा बताएका हुन् ।सन् २००७ मा अधिक रन बनाए पनि आफुलाई भारतीय वनडे टोलीबाट हटाएको जिकिर गरे।

जति राम्रो प्रदर्शन गरेपनि यदि तपाईंको धरातल नै कसैले छिनेर लिन्छ भने सो प्रदर्शनले कुनै महत्व नराख्ने विषयलाइ अन्तरवार्तामा बताएका छन्। उनले नागपुरमा २००८ मा संन्यास लिएका थिए । उनले सिरिजको बिचमा क्रिकेट करियर छाडेका थिए । संन्यास नलिएको भए रन अझै बढ्ने उनले बताए ।

उनलाई ६ महिनाको अभ्यास र प्रशिक्षण गर्न दिएमा र तीनवटा रणजी ट्रफी खेल खेल्न दिए भारतीय टेस्ट क्रिकेटमा रन बनाउन सक्ने विश्वास व्यक्त गरे । २००७ मा कोच ग्रेग च्यापेलसँग विवाद चर्किएपछि प्रिन्स अफ कोलकातालाई टोलीबाट हटाइएको थियो। ग्रेग च्यापेल त्यसबेला भारतीय क्रिकेटमा तूफान मच्चाएका थिए । सौरभ गांगुली एक सफल कप्तानका रुपमा चिनिने गर्दछन। उनले बीसीसीआईका अध्यक्ष ग्रहण गरेकोमा पुनः भारतीय क्रिकेट नया ट्रयाकमा जाने बिश्वास गरिएको छ।-File photo