ठूलीमाया सुनुवार (परौठा आमा) लाई विस्थापित गरेको भन्दै विरोध, तत्काल पूर्नस्थापित गराउन माग (भिडिओसहित)


काठमाडौं, ४ साउन । पञ्चकन्या युवा क्लब, बालुवाटार–काठमाडौंले बालुवाटार टुडालदेवीस्थित् गुरुमा मार्गमा विगत ४२ वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आएकी ८२ वर्षीया वृद्धा ठूलीमाया सुनुवार (परौठा आमा) लाई टोल सुधार समितिका अध्यक्ष श्रीनारायण प्रजापति र घरजग्गा कारोबार गर्ने राजकुमार थपलियाले जबरजस्ती विस्थापित गरेकोमा आपत्ति जनाउँदै तत्काल परौठा आमालाई क्षतिपूर्तिसहित पूर्नस्थापित गर्नुपर्ने माग गरेको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवा क्लबले परौठा आमामाथि ठूलो ज्यादती र अन्याय भएको निश्कर्ष निकाल्दै तत्काल न्याय दिलाउन सरकारसमक्ष माग गरेका हो । पत्रकार सम्मेलनमा उक्त क्लबका अध्यक्ष सुमन लिम्बुले परौठा आमाले विगत चार दशकभन्दा बढि समयदेखि उक्त जग्गा भोगचलन गर्दै आएको र २०४५ सालको नक्शामा कित्ता नम्बर १२८ मा पूरानो माटोको घर देखिएको जनाए ।

उनले भने,‘उहाँ आमाको नागरिता पनि वडा नम्बर ४ कै छ । मतदाता परिचयपत्रपनि यही वडाको छ । यही परिचयपत्रहरुमा १०७९ भनेर घर नम्बर पनि उल्लेख गरिएको छ । विजुली बक्ति र खानेपानीको बिलमा पनि यो घर उहाँकै नाममा दर्ता छ । सरकारबाट खाईपाई आउनुभएको वृद्धभक्ता लगायतका सुविधापनि यही वडाबाट प्राप्त गर्दै आउनुभएको छ । यी सबै कुराले यो उहाँकै घर जग्गा हो भन्ने कुरा प्रमाणित हुन्छ ।’

उनले ‘परौठा आमा’लाई न्याय दिलाउने अभियानमा आफूहरु होमिईसकेकोले न्याय नदिलाएसम्म यो अभियान समाप्त नहुनेपनि विश्वास दिलाए । र, परौठा आमालाई न्याय दिलाउने अभियानमा सबैको साथ र सहयोग होस भन्ने उनले आग्रहसमेत गरे । उनले अघि भने,‘परौठा आमाका छोराछोरीहरुको पनि सबैले यही वडा नम्बर ४ कै नागरिकता छ ।’

क्लबका अध्यक्ष लिम्बुको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘अचम्मको कुरा, ४२ बर्षदेखि स्थायी रुपमा घरजग्गा किनेर बसोबास गर्दे आउनुभएको सुनुवार परिवारको उक्त जग्गा उपभोग र भोगचलन गर्ने अधिकार छैन भने सोही जग्गाको पछाडी पट्टी नया घर निर्माण गर्ने राजकुमार थपलियाको उक्त जग्गासहित बाटोकोसमेत जग्गा उपभोग गर्न अधिकार कसरी भयो ? के वडाको जनप्रतिनिधीहरुको सल्लाह र सहमतिबिना यत्रो ठुलो निर्णय आफै गर्ने ती दुई व्यक्तिहरुलाइ अधिकार छ ?के देशमा न्याय , सत्य र कानुन छैन ?’ कार्यक्रममा क्लबका उपाध्यक्ष गोकुल भण्डारीले क्लबको तर्फबाट प्रेषित विज्ञप्ती वाचन गरेका थिए ।

कार्यक्रममा पीडित भनिएका ठूलीमाया सुनुवार (परौठा आमा) ले आफूमाथि ठूलो अन्याय भएको गुनासो पोखिन् । र, विगत ४२ वर्षदेखि आफूले ८० हजार रुपैयाँमा किनेर भोगचलन गर्दै आएको घरजग्गा आज आएर यसरी जबरजस्ती र ललाईफकाई, र डर, धम्की देखाएर लकडाउनकै समयमा विस्थापित गरिएको उनको गुनासो छ । उनले आफूलाई टोल सुधार समितिको मान्छे र भूमाफीया मिलेर यसरी विस्थापित गरिएको भन्दै न्यायको लागि राज्यसँग अपिल गरिन् ।

उनले भनिन्,‘मलाई आज आफ्नै घरजग्गाबाट विस्थापित गरियो । मेरो छोरोसमेत घरमा नभएको बेलामा मलाई यसरी विस्थापित् गरिएको हो । अब म खुल्ला आकाशमुनि सुत्न बाध्य भएको छु । परौठा बनाएर बेच्ने सानो पसल थियो। त्योपनि अहिले बन्द भयो । अब मेरो जाने ठाउँ कहीँ पनि छैन् । म जनप्रतिनिधिहरुकै घरमा गएर ओछ्यान लगाएर सुत्न बाध्य हुनेछु ।’ उनले आफूलाई पूर्नस्थापित गराउनको लागि देशभरिका सम्पूर्ण न्यायप्रेमी जनसमूदायलाई अपिलसमेत गरेकी छिन् ।

कार्यक्रममा सामाजिक अभियन्ता किशोर सुनुवारले पनि परौठा आमालाई न्याय दिनुपर्ने माग गरे । उनले नागरिकता, घर नम्बर, मतदाता नामावली सबै यही वडाबाट हाँसिल गरेकी परौठा आमालाई अहिले आएर भुमाफीया र टोल सुधार समितिको मिलेमतोमा सुकुम्वासी बनाएको आरोप लगाए । उनले परौठा आमालाई स्थानीय सरकारले तत्काल पूर्नस्थापना गर्नुपर्ने माग गरे । उनले देशव्यापी रुपमा आमालाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अझै धेरै सहयोग र साथ गरिदिनुहुन आग्रह गरे ।

                                                            क्लबद्वारा जारी गरिएको विज्ञप्ती

का.जि.का.म.न.पा–०४, बालुवाटार टुडालदेवी स्थित गुरुमा मार्गमा बिगत ४२ वर्ष देखि स्थायी रुपमा बसोबास गर्दै आउनु भएको ८२ वर्षयि एकल वृद्धा ठुलीमाया सुनुवार (परौठा आमा) को घर र जग्गा केही व्यक्तिहरुद्वारा जबरजस्ती दोजर लगाई भत्काएर कब्जा गरिएको छ ।
बिगत २ वर्ष देखि नै वहालाई उठीबास गराउने र वहाको सम्पतिलाई आफुले हडप्ने ठुलो चक्रब्युह ती समुहले बनाएको थिए र त्यही योजना अनुसार बूढी आमालाई कहिल्ये आएर घम्काउने , थर्काउने, मूख छाड्ने र हातै हालौला जस्तो अभद« व्यवहार गर्ने गरेको पीडित आमा बताउनु हुन्छ । वहाँ सगै बाटोमा व्यवपार गरिरहेको फलफुल तरकारी पसलेहरुलाई केहि नभन्ने तर १५ वर्ष देखि परौठा बेच्दै आएको सोहि स्थानबाट वहाँलाई जवरजस्ती निकाल्न खोज्ने प्रयास, ४२ वर्ष देखि भोकचलन गर्दै आउनु भएको वहाको घर जग्गालाई सार्वजनिक भन्दै जवरजस्तै ललाइ–फकाइ, दराइ धम्काइ गरेर घर नै ढलाइ विस्तापित गराउन खोज्ने कर्म र वहा, वहाको छोरा र भाडामा बस्ने मान्छेहरुलाई उनीहरुले गर्ने नकरात्मक व्यवहारबाट प्रष्ट हुन्छ कि वहाहरुलाई निकाल्ने र उक्त सम्पति आफुले हडप्ने योजना पहिले बाटै भएको थियो र त्यही योजना सफल पार्न उनीहरु लागि परेका थिए ।

वहालाई विस्तापित हुन बाध्य बनाउने व्यक्तिहरु राजकुमार थपलिया र श्री नारयण प्रजापति हुन । राज कुमार थपलिया आमाको घरको पछाडि पट्टि जग्गा किन्ने र घर बनाउने व्यापारी हुन भने श्री नारायण प्रजापति सोही स्थान टोल सुधार समितीको अध्यक्ष छन् ।
आमासगँ GOSSIP NEPALभन्ने मिडियाले प्रकाशित गरेको भिडियो हामी पन्चकन्या युवा क्लबले २०७७/०३/०३ गते मात्र याहा पार्यौ र उक्त पिडादायक भिडियो हेरेर थाहा पाउने बित्तिकै हामी संस्थाको सदस्यहरु सबै भेला भई उक्त स्थानमा हेर्न जादाँ आमाको टहरा भत्काइसकेको , जग्गाको छेउको सानो पाटोमा एउटा उद्यान बनाइएको र उद्यान सहिता बाँकी जग्गा उनले आफ्नो क्षेत्र सँगै गाभेको स्पष्ट देखियो जुन सरासर गलत भईरहेको थियो ।

उक्त सुचना हामीले वहाको छोरा जो बिगत ३ वर्ष देखि छुट्टै साथीको कुखुरा फार्ममा काम र बसोबास गर्दै आउनु भएको थियो, वहालाई दिनु जरुरी सम्झी बहाको फोन नं खोजेर खबर गर्दा वहा यस घटना बारे बेखबर भएको यहाँ भयो । उक्त खबर पाउने बितिकै वहाको छोरा आई घर भएको ठाँउमा घर खोज्न जादा नदेखिएपछी दुख, विलोना गर्दै हामीलाई सहयोग गर्न अपील गर्नु भयो ।

आफ्नो छिमेकीको सदस्यहरु माथि गलत भएको र अन्नाय अत्याचार भएको महसुस गर्दै र हाम्रो सस्थाको लक्ष्य, काम र कर्तव्य पनि वहाहरु जस्तो पीडितको पक्षमा आवाज उठाउनु र न्याय दिलाउनु भएकोले हामी २०७७÷०३÷०३ गते देखि हालसम्म वहाको न्यायको लागि विभिन्न न्यायलयको ढोकाहरु ढक्ढकाउदै र कार्यक्रमहरु गर्दै निरन्तर लड्रिहेका छौ जस्मा मिडिया कर्मी -Gossip Nepal)   मोइजन राई र Janalaya को किसोर सुनुवारहरुले हालसम्म साथ दिईराख्नु भएको छ ।

ठूलीमाया सुनुवार का.म.न.पा–ं०४ को स्थानीय बासिन्दा हुन् । वहाको ४६ वर्षाय अपाङ्ग छोरा मात्र छ भने वहाको नाती र छोरीको मृत्यु २ वर्ष अगाडि भएको थियो । २००४ सालमा यस वडाको नागरिक भनी वहाँलाई नागरिकता प्रदान गरिएको छ । नेपाल अधिराज्य निर्वाचन आयोगबाट वहाँ र वहाको परिवारलाई त्यहि वडामा पर्ने मतदाता केन्द« विशाल मिलन केन्द«मा चुनावमा मतदान गर्ने अधिकार दिएको छ । सोहि परिचय पत्र अनुशार वहाँको घर नं क १०७९ भनी तोकिएको छ । वृद्धाहरुको लागी सरकारबाट दिइने सेवा र सुविदा अन्तरगत पर्ने वृद्धावता वहाले यहि वडाबाट लिदै आउनु भएको छ । वहाको घरमा उपयोग हुने विजुली र खाने पानीको धाराको दर्ता पज समेत वहाकै नाममा रहेको छ र २०४५ सालको नक्सा सिट नं १०२–१०२–०८ अन्तरगत पर्ने किं.नं ः १२८ मा समेत वहाँले उपभोग गर्दै आउनु भएको पुरानो घर देखिएकोले यो प्रमाणित हन्छ कि वहा र छिमेकीहरुले भने अनुार २०३७ साल मा श्रीघर शापकोटा नाम गरेको नापी कार्यलयका सुब्बामा कार्यरत सोहि स्थानका धनी सरकारी कर्मचारी सँग ८० हजारमा किनेको र लालपुर्जा बनाउने क्रममा वहाको मृत्यु हुन पुगेकाले आमाले अहिले सम्म लालपुर्जा पाउनु भएको थिएन । यही एउटा कम्जोरी र आमाको अगाडी पछाडी बोल्ने कोही नभएको कुरालाई मध्यनजर गर्दै ती व्यक्तिहरुले लकडाउनको समयमा उसको छोरा समेत नभएको मौका पारेर डोजर लगाई जवरजस्ती उनको टहरा ढलाइ दिएका, उनको घरको पुरानो सरसमानहरु कहि अन्तै लगि पुरी दिएकोे र आमाले त्यसको एकल प्रतिकार गरे पछि १० लाख जवरजस्ती प्रभु बैंकमा खाता खोली आमाको नाममा कसैलाई नभन्ने सर्तमा हालिदिएका थिए । १० लाख लिएर जाने भए जा नत्र यो पनि पाउदैनस् भनी श्री नारायण र राजकुमार थपलियाले भनेपछि बूढीआमा तेती पैसा लिइ आफु बासोबास गर्दै आएको करिब २ करोड ३० लाख पर्ने जग्गा र भत्किएको घर छोडि हिड्न बाध्य भइन ।

यही अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउदै हामीले वडाका जनप्रतिनिदीहरु सँग कुरा गर्दा वहाहरुलाई यस घटनाप्रति आफुहरु बेखबर रहेको जानकारी दिए । त्यसपछि हामीले वडा कार्यलयमा किता नं १२८ (आमाको ), २२३ राजकुमार थपलियाको र सोहि कत्ताहरुसगँ जोडिएको किता नं २२५ ( बाटोको सार्वजनिक जग्गा) बिच रेखङ्कन गरी पाउ भनी पत्र पठाउदा वडाले रेखाङकनको लागि नापीकार्यलयलाई पत्र लेखिदिएपछि २०७७÷३÷३१ गते बिहान ८ बजे नापी कार्यलयको कर्मचारी आइ नापी कार्यक्रम सम्पन्न गर्ने निर्णय भयो । हामीले पनि टोल समाजका सज्जन, बुद्धिजीविहरु, जनप्रतिनिधिहरु र हाम्रो संस्थाको सदस्यहरु समेत नीज राजकुमार थपलिया र श्री नारयण प्रजापती लाई सुचना दिई असार ३२ गते भेला भई नापीको सरकारी अमीन सहितको टोलीले कि १२८, २२३ र २२५ को जग्गाहरुको बीच रेखाङ्कन गरीरहदाँ राजकुमार थपलियाले बोलाएको ११, १२ जना केटाहरुले हाम्रो कार्यमा हस्तक्षेप र अवरोध खडा गर्न खोज्दा खोज्दै पनि आफ्नो काममा निरनतरता दिदै र रेखाङ्कन गर्ने काम सम्पन्न गरियो र रेखाङ्कनबाट यो प्रमाणीत भयो कि नीज किता नं २२३ वाला थपलियाले उसको जग्गा अगाडि पर्ने बुढिआमाको १२८ किता आफुले निजी बनाएको , २२५ किता नं भएको सार्वजनिक बाटो पनि आफ्नो क्षेत्र भित्र हालेको र सार्वजनिक भनिएको उद्धान समेत आफ्नो क्षेत्र भित्र पर्ने गरी संरचना बनाएको प्रष्ट भयो ।

अचम्मको कुरा, ४२ बर्ष देखि स्थायी रुपमा घर जग्गा किनेर बसोबास गर्दे आउनुभएको सुनुवार परिवारको उक्त जग्गा उपभोग र भोगचलन गर्ने अधिकार छैन भने सोही जग्गाको पछाडी पट्टी नया घर निर्माण गर्ने राजकुमार थपलियाको उक्त जग्गा सहित बाटोको समेत जग्गा उपभोग गर्न अधिकार कसरी भयो ? के वडाको जनप्रतिनिधीहरुको सल्लाह र सहमति बिना यत्रो ठुलो निर्णय आफै गर्ने ती दुई व्यक्तिहरुलाइ अधिकार छ ?के देशमा न्याय , सत्य र कानुन छैन ???

यही घटनाको सत्य, तथ्य र आमाको न्यायको लागी हामीले आज मिति २०७७/०४/०४ आइतबार Reporters Club भृकुटीमण्डमा पत्रकार सम्मेलन गर्दैछौ । पत्रकार सम्मेलन सहयोग गर्नहुने सम्पुर्ण साथीभाईहरु , हाम्रो अहिले सम्मको यात्रामा साथ दिनु हुने टोल, समाज, छिमेकी, संध–संस्था, मिडियाकर्मीहरु मेइजन राई र किशोर सुनुवार सहित सुनुवार सेवा समाजका सम्पुर्ण सदस्यहरलाइृ धन्यवाद दिन चाहन्छौ र आमाले न्याय नपाए सम्म हाम्रो यात्रामा सहयोग गर्नु हुन्छ भन्ने पूर्ण विश्वस छ ।
धन्यवाद !

उपाध्यक्ष
गोकुल भन्डारी

सचिव
प्रभाकर भट्टराई

अध्यक्ष
सुमन लिम्बू

९८६५४६३६४२/९८४१९३२७३२/९८४१७२६८३०