Logo

सिरियामा संसदका २५० सीटकालागि आइतबार मतदान



४ साउन : सिरियामा संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ । राष्ट्रपति बसर अल असद र उनकी पत्नी आस्मा सँगै दमास्कसस्थित राष्ट्रपतिमामिला मन्त्रालयमा रहेका एउटा मतदान केन्दबाट भोट खासालेको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

देशभरबाट कूल २५० सदस्य छानिने संसदीय निर्वाचनमा कूल उक हजार ६५६ उम्मेदवारले भाग लिएका छन् ।

देशका सात हजार २७७ मत केन्द्रमा मतदानका लागि सिरियाली नागरिक हातमा सेता पञ्जा र मुखमा मास्क लगाएर मतदानका लागि लामबद्ध भै आफ्ना प्रतिनिधिलाई पालो अनुसार मतदान गरेका छन् ।

द्वन्द्वग्रस्त सिरियामा मतदानका समय समाचार तयार पार्दासम्म एकाध ठाउँमा बाहेक खासै ठूला आक्रमणका घटना नभएका अधिकारीहरूले बताएका छन् ।

द्वन्द्वग्रस्त सिरियामा सरकारको नियन्त्रणमा करिब ७० प्रतिशत भूमि रहेको छ भने ३० प्रतिशत भूभाग विद्रोहीको प्रभाब क्षेत्रका रूपमा रहेको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रको इदलीबमा कट्टरपन्थी विद्रोहीको राम्रो प्रभाब रहेको छ भने उत्तरपूर्वी क्षेत्रमा अमेरिकाको सहयोग प्राप्त कूर्दिस लडाकूको दल सिरियन डेमोक्र्याटिक फोर्सेसको प्रभाब रहेको छ ।

सिरियाका राष्ट्रपति असदलाई रूसको बलियो समर्थन रहेको छ भने विद्रोही कूर्दिस लडाकूलाई टर्की, अमेरिकालगायतका पश्चिमी मुलुकहरूको समर्थन रहेको छ ।

सन् २०११ मा विपक्षी दलले राष्ट्रपति असदको दोस्रो कार्यकालका लागि भएको निर्वाचन स्वतन्त्र तथा निस्पक्ष नभएको भन्दै उहाँविरूद्धको आन्दोलन शुरू गरेपछि भएका हिंसात्मक घटनाले पछि गएर गृहयुद्धको स्वरूप लिएको थियो ।

करिब एक करोड ६५ लाखभन्दा बढी जनसङ्ख्या रहेको सिरियामा द्वन्द्वमा कम्तीमा आधा जनसङ्ख्या विस्थापित भएका कारण लाखौँ सिरियालीले आइतबार मतदान गर्ने अवसर पाउने छैनन् । नौ बर्ष लामो सिरियाली युद्धमा कम्तीमा तीन लाख ८० हजार नागरिकको मृत्यु भइसकेको छ ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्