Logo

भीष्मका अनुसार यी पाँच प्रकारका भोजन अयोग्य



महाभारतमा भीष्म पितामहको विशेष स्थान छ । उनी जति बहादुर थिए उतिनै ज्ञानले भरिपूर्ण थिए । उनले अर्जुनलाई पाँच प्रकारका भोजन नगर्न सल्लाह दिएका थिए ।

हाम्रा धार्मिक ग्रन्थमा केवल धर्मको मात्र नभएर कर्मसँग जोडिएका ज्ञान पनि दिएको छ । आज हामी भोजनको बारेमा चर्चा गर्नेछौ । भागवत गीतामा भीष्म पितामहले अर्जुनलाई भोजन गर्दा ध्यान दिनुपर्ने ५ कुराको जानकारी दिएका थिए । यी ५ प्रकारले भोजन गर्दा मानिसको घरमा दरिद्रता आउनेछ ।

  • पहिलो खानाः भीष्मले खाना थालभन्दा माथी जानु वा धेरै हुनुलाई माटो खाएसरह भएको बताएका छन् । यसरी धेरै थालमा राख्न नहुने भन्दै उनले धेरै भएमा घरमा भएका जनावरलाई दिनु पर्ने सल्लाह दिएका छन् ।
  • दोस्रो खानाः गीतामा खानाको थाललाई खुट्टामा ठोकिएपछिको खाना खान योग्य नहुने बताइएको छ र यस्तो खाना खादाँ घरमा दरिद्रता आउन सक्छ ।
  • तेस्रो खानाः कपाल परेको खान खानु हुँदैन । कपाल परेको खाना दुषित हुने भन्दै भीष्मपिताले दुषित खाना खाने व्यक्ति छिटै कंगाल हुने बताएका छन् ।
  • चौथो खानाः पति र पत्नीले एउटै थालमा खाना खाँदा माया धेरै बढ्छ तर अर्को व्यक्तिलाई उक्त भोजनमा सहभागी गराउनु हुँदैन । जोडीलाई एकै थालमा खाँदा चार धामको पुण्य फल प्राप्त गरेको समान हुने गीतामा बताइएको छ ।
  • पाचौ खानाः यदि कुमारी छोरीले आफ्नो बाबुसँग एकै थालमा खाना खाएमा पिता अकालमा हुने मृत्युबाट जोगिन्छन् । जहिले पनि खाना खाएमा आफ्नी छोरीलाई आफ्नो थालीमा थोरै भएपनि भाग दिनुपर्छ । धार्मिक ग्रन्थअनुसार


प्रतिक्रिया दिनुहोस्