Logo

यी हुन् भान्जाको अपहरण गरी भिनाजुसँग फिरौती लिई हत्या गर्ने मामा, १४ वर्षपछि पक्राउ



काठमाडौं, ४ साउन । अपहरण पछि फिरौती । चिनिने डरले हत्या । प्रहरीले १३ वर्षअघि काठमाडौंको नक्शालमा व्यवसाय गर्दै आएका बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको हत्यारा गहिरो अनुसन्धानपछि पत्ता लगायो । अभियुक्त रोहितकै मामा राजेश कुमार गुप्ता थिए ।

भान्जाको हत्या गरेर फरार ४५ वर्षीय राजेश बल्ल पक्राउ परेका छन् । जोरपाटीको राई स्कुल पढ्ने ११ वर्षीय रोहित गुप्तालाई २०६४ साल असोज २४ गते अपहरण गरेर हत्या गरी फरार थिए राजेश । उनलाई सर्लाही मलंगवाबाट पक्राउ गरी आइतबार काठमाडौंमा ल्याएर पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको हो ।

भारत घर भएका गुप्ताले रोहितका बाबु बासुदेवसँग २ लाख ५० हजार फिरौती लिएका थिए । तर, बालक फिर्ता गरेनन् । उनले रकम लिएको ३ दिनपछि बालकको शव कमलादीको गणेश मन्दिरको सडक पेटीमा फालिदिएका थिए । अपहरणकारीले बालकको हत्या गरे पश्चात भरियालाई बोक्न लगाएर कमलादीको सडकमा लगेर छोडिदिएका प्रहरीले जनाएको छ ।

रोहितको अपहरण पछि भएको हत्यामा संलग्न रहेको भन्दै धादिङका विष्णु सुनुवारलाई २०६४ मंसिर १२ गते नै पक्राउ गरी कारागार चलान गरेको थियो । उनी हालसम्म कारागारमै छन् ।



प्रतिक्रिया दिनुहोस्