Logo

मङ्गल मिसनका लागि युइएले यान पठायो



एजेन्सी, ५ साउन । संयुक्त अरब इमिरेट्स (युइए) ले मङ्गल मिसनका लागि यान पठाएको छ । आज विहान जापानको तानिगासिमा स्पेसपोर्टबाट यान जडित रकेट प्रक्षेपण गरिएको हो ।

यसअघि दुईपटक मौसमको प्रतिकुलताका कारण यान प्रक्षेपण मिति सारिएको थियो । युएई स्थापनाको ५० वर्षगाँठमा २०२१ को फेब्रुअरीमा यान गन्तव्यमा पुग्ने आशा गरिएको छ ।

युएई मङ्गल मिसनमा यान पठाउने पहिलो देश बनेको छ । उसले यसका लागि ठुलो धनराशी खर्चिएको छ ।

पठाइएको यानले मङ्गल ग्रहको कक्षमा पुगी घुम्नेछ । यसले मङ्गल ग्रहको बारेमा अन्वेषण गर्नेछ ।

यसै महिना अमेरिका र चीनले पनि मङ्गल मिसनका लागि यान पठाउँदैछन् । जुलाई महिनामै यान पठाउने तयारी भएको छ ।

युइएले अन्तरीक्षको मिसनका लागि अमेरिकामा आफ्ना इन्जिनियरहरुलाई तालिम दिलाएको थियो । उसले छोटो समयमै अभुतपूर्व सफलता हासिल गरिरहेको छ ।-Photo Source: MHI Launch Services



प्रतिक्रिया दिनुहोस्