Logo

रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ



एजेन्सी, ५ साउन । रुस कोरोना भाइरसको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढेको छ । उसले खोपको मानव परीक्षण गरिरहँदा सफलता देखिएको छ ।

रुसी समाचार संस्था तासका अनुसार पहिलो समुहको मानव परीक्षणको सफलतासँगै दोस्रो समुहको परीक्षण पनि सकिएको छ । २० जनामा गरिएको परीक्षणपछि स्वयंसेवकहरुमा एन्डिबडी विकास भएको छ ।

मस्कोस्थित बुरडेन्को मेन मिलिटरी क्लिनिक हस्पिटलमा भएको परीक्षणमा खोपले कुनै हानी नपुर्याएको सुरक्षित र राम्रो प्रभाव परेको कर्णेल सेरगेइ बोरिसेभिचले बताएको समाचारमा उल्लेख छ । स्वयंसेवकहरु परीक्षणपछि धमाधम डिस्चार्ज हुनथालेका छन् ।

खोपको विज्ञहरुले विश्लेषण गर्ने र नतिजा हेरेर निष्कर्ष निकालेपछि दर्ता प्रक्रिया बढाइनेछ । त्यसपछि बल्ल उत्पादन शुरु हुनेछ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्