Logo

झाँक्रीको ओलीलाई व्यङ्ग्य- राम चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रुचाएनन्, आजै जबज रिलिज हुँदैछ



काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै नरुचाएको लेखेकी छिन् । महाधिवेशन मंसिरको पटकथा खासै नजमेको भन्दै अब आजै जबज रिलिज हुने बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को नाटकीय विषयहरु ल्याइरहेकोतर्फ संकेत गर्दै कुनैपनि विषय जम्न नसकेको उल्लेख गरेकी हुन् ।

झाँक्रीले लेखेकी छिन्:

ईस्कीयाको अपार सफलता पछि आएको राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रूचाएनन, दुई दिनमा नै उत्रियो।महाधिवेशन मंसिरको पटकथा खासै जमेन।आजै जबज रिलिज हुदैछ,हेरौ दर्शकको मन कति जित्न सक्छ??

नेकपा अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्रबाट राजीनामा माग हुँदा एकपछि अर्को तुरुप हान्दै गर्दा झाँक्रीको भनाई सार्वजनिक भएको हो ।



प्रतिक्रिया दिनुहोस्