Logo

उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ-प्रधानमन्त्री पत्नी राधिका शाक्य



काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले केही नेताहरु बेक्कारमा कुदिरहेको टिपप्णी गरेकी छिन् । ओलीको राजीनामा माग्ने नेताहरुतर्फ संकेत गर्दै उनले बुढो दिमागलाई खियाको खियाई गरिरहेको टिप्पणी गरेकी हुन् ।

‘कहिले कहाँको मिटिङ कहिले कहाँको मिटिङ । बुढो दिमागलाई खियाको खियाई छ ,’ प्रधानमन्त्री पत्नी राधिका शाक्यले हरेक न्युज टिभीमा भनेकी छिन्, ‘बेक्कारको के कुदिराखेको होला ?’ अहिलेको कुदाई जनताको लागि केही काम नहुने बताइन् । सृजनात्मक कामका लागि केही नगरिरहेको बताइन् ।

विरोधी समुहको सक्रियतालाई बेक्कारको कुदाई भनेकी छिन् । त्यो कुदाई जनताको लागि कुनै काम नआउने टिप्प्णी गरिन् । उनले भनिन्, यो सुन्दा मलाई रिस पनि उठिरहेको छ दया पनि लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्