
काठमाडौं, ५ साउन । विहान देखिको भारी वर्षाले काठमाडौं उपत्यकामा नदीहरुले खतराको सतह पार गरेका छन् । बागमती नदी र आसपास नदीको बहाब बढेको छ ।
उपत्यकाका गोदावरी, कर्मनाशा, नख्खु, विष्णुमती, मनहरा, धोबीखोलालगायतका खोला पनि खतरनाक बनेका छन् । नदीको बहाब बढेसँगै बागमती बग्ने तराईका भुभागमा पनि खतराको सुचना दिइएको छ ।
Photo: reportersnepal