Logo

यी नदीहरुबाट खतरा



काठमाडौं, ५ साउन । अविरल वर्षाका कारण देशभरका अधिकांश नदीहरुले खतरनाक रुप लिएका छन् । काठमाडौं उपत्यकाका नदीनालाको बहाव सतर्कता केन्द्र पार गरेको छ ।

बाढी सुचना केन्द्रले बागमती नदीको बहाव खतरा आसपास पुग्न सक्ने जनाएको छ । आज नारायणी नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
केन्द्रका अनुसार कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्तीका केही सहायक नदीमा आकस्मिक बहाव भई खतरा आसपास पुग्न सक्ने जनाइएको छ । यी नदीहरुमा उच्च जोखिम छ ।

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बितेको २४ घन्टामा ३ जनाको मृत्यु हुनाको सार्थ एकजना वेपत्ता भएको जनाएको छ । १९ वटा घटनामध्ये एक जना घाइते भएका छन् ।-Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्