Logo

सी चिनफिङ रणनीतिको भू–राजनीतिक असर



–विपिन देव: कोरोनाको कहरले संसारमा शितयुद्धको वातावरण निर्माण गर्यो । शितयुद्ध भन्नाले दुई महाशक्तिहरु बीचको द्वन्द र त्यसको राप र तापबाट निर्माण गरेको वातावरण हो । शितयुद्धमा गठबन्धन र गठजोडहरुको निर्माण र भंग हुने गर्दछ । कोरोनाको कहरबाट समाज पूर्णरुपमा एकांकी, अन्तर्मुखी र आत्मकेन्द्रित हुन पुग्यो । एकातर्फ अन्तर्राष्ट्रिय गठबन्धनको निर्माण र ध्वस्त हुनु र अर्को तर्फ मानव समुदाय अस्तव्यस्त जीवनबाट अन्तर्मुखी जीवनमा प्रवेशको परिघटनाले भविष्य अन्यौलतातर्फ गइरहेको संकेत गर्दछ ।

शीतयुद्धको अन्तरद्वन्द र कलहलाई चित्रित गर्दै विश्व विख्यात चिन्तक फुकोयामाले एउटा कालजयी कृति “दी एन्ड अफ हिस्ट्री” बाट मानव समुदायलाई मानवीय मुल्य र मान्यता प्रति सजग र संवेदनशील हुन आग्रह गरेका थिए । नब्बेको दशकको घटना फेरी पुनएजाग्रित भएको छ । सोभियत संघ बिघटनपछी शीतयुद्धको अन्त्य हुनु एउटा घटना थियो । इतिहासको कालखण्डमा फेरी त्यो घटनाको पुनर्जागरण र पुनरावृति भइरहेको देखिन्छ । फुकोयामा प्रजातन्त्र विकास र कानुनी शासन जस्ता जीवनको महत्वपूर्ण पक्ष माथि कलम चलाउँदै आफ्ना व्याख्यानमा पनि दिँदै आइरहेको छ ।

फुकोयामाले केही दिन अगाडी एक अन्तरवार्तामा प्रष्ट भनेका थिए कि संसारका दुई वटा संकटहरु छन् त्यसमध्ये एउटा इस्लामिक अतिवाद हो भने अर्को चीनको उग्र राष्ट्रवाद हो । फुकोयामाका अनुसार इस्लामिक अतिवादभन्दा पनि चिनियाँ उग्र राष्ट्रवाद मानव समुदाय र समाजका लागि संकट हो । फुकोयामाका अनुसार सन् २०१५ मा सी चिनफिङको उदयले चिनियाँ कम्युनिष्ट पार्टीको शासकीय स्वरूप, कार्यशैली र रणनीतिमा नै व्यापक परिवर्तन भयो । अर्थात् चिनफिङ आफ्नो सत्ता, शक्ति र सामर्थ्यलाई दिर्घायु बनाउन कम्युनिष्ट पार्टीको नीति र नियममा व्यापक परिवर्तन गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिएका छन् । जिनपिङ् ले कम्युनिष्ट शासन प्रणालीलाई सर्वसत्तावादी तर्फ परिमार्जित गरेका छन् । फुकोयामाका अनुसार जिनपिङ् ले बागडोर आफ्नो हातमा लिएपछि प्रेस स्वतन्त्रता, मानव अधिकार, खुला-समाज जस्ता मानवीय संवेदनाका मुद्दाहरु एकातर्फ कुण्ठित भयो भने अर्को तर्फ चीन प्रविधि, विकास, सामर्थ्य र शक्तिमा बलियो हुँदै गयो ।

चिनफिङको उदयको साथ(साथै चिनियाँ विदेश नीतिमा व्यापक परिमार्जन भयो । भू(मण्डलीकरण र खुला अर्थव्यवस्थाको वायुमा चीन आर्थिक र सामरिक रुपमा सबल हुन पुग्यो जसको पूर्ण श्रेय अमेरिका लगायत युरोपको नै हो । तर जिनपिङ् को उदयले चिनियाँ उग्रराष्ट्रवादलाई मलजल गर्न सफल भयो । चिनियाँ आक्रामक नीतिबाट अमेरिका र युरोप आक्रान्त देखिए । चिनियाँ अर्थव्यवस्थाले संसारको बजारलाई अतिक्रमण गर्दै अगाडी बढे ।

कोरोनाको कहरले गर्दा हरेक देशको जनता आफ्ना सरकारका प्रति केहि न केहि मात्रामा असन्तुष्ट रहेको अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीले त्यस असन्तुष्टि र आक्रोशलाई दिशा परिवर्तन गर्न आफ्ना सीमा सम्बन्धी समस्यालाई अगाडी बढाउँदै सैनिक शक्तिको माध्यमबाट छिनोफानो गर्न उन्मुख भए । यसै परिवेश र परिस्थितिमा सर्वप्रथम अमेरिका सँग व्यापारिक युद्धलाई चर्काए । अर्कातर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना जनताका असन्तुष्टिलाई मध्यनजर गर्दै चुनावी वर्षमा चीनप्रति आफ्ना शब्द वाणको वर्षा गरे । कोरोनालाई चिनियाँ भाइरसका संज्ञा दिँदै ट्रम्पले चिनियाँ नीति र नियत प्रति कटाक्ष विभिन्न अभिव्यक्तिबाट प्रस्तुत गरे । अमेरिकी सेक्रेटरी अफ स्टेटले चिन्याँ कम्युनिष्ट पार्टीलाई अधिनायकवादी र फासिस्टवादको पनि संज्ञा दिए । कोरोनाको कहरकै पृष्ठभूमिमा चीनसँग अस्ट्रेलियाको सम्बन्ध पनि कटुतामा परिवर्तन भयो । चिनियाँ विद्यार्थीको गन्तव्य नै अस्ट्रेलिया भएको परिवेशमा चीन र अस्ट्रेलियाको व्यापारिक सम्बन्ध सुमधुर नै थियो । अस्ट्रेलियाको तेस्रो पंक्तिमा व्यापारिक कारोबार गर्ने मुलुक चीन नै थियो ।

अस्ट्रेलियाले कोरोना सम्बन्धी जाँचपड्ताल गर्न विश्व स्वास्थ्य संगठनलाई दबाब दिइरहेको बेला चीनले अस्ट्रेलियालाई आर्थिक कारबाही गर्ने चेतावनी दिए । प्रतिकारमा आउने दश वर्षमा ४० % आफ्ना सुरक्षा र सैन्य खर्चको अभिवृद्धि गर्ने अस्ट्रेलियाले निर्णय गरे । चीनले भियतनाम को पानि जहाजलाई दक्षिणी समुद्रमा डुबाएपछि भियतनाम र चीनको बीचमा पनि कटुता बढ्यो । अर्कातर्फ जापान सँग पनि टापुको विवादले गर्दा द्वन्दमा अभिवृद्धि भयो । प्रतिकारमा जापानले पनि आफ्ना सैन्य शक्तिको उपस्थिति “साउथ चाइना सी” मा अभिवृद्धि गर्यो । चीनले साउथ चाइना सी को ८० वटा टापुहरूमा आफ्नो वर्चश्व कायम राखेको छ । चिनियाँ रवैया प्रति फिलिपिन्स, मलेसिया, सिंगापुर र आसियानका अन्य मुलुकहरु पनि गोलाबन्दी बढाईरहेको अवस्था छ । साउथ चाइना सी मा अमेरिकाले चीनको अधिपत्य र वर्चश्वलाई सन्तुलन र नियन्त्रण गर्न वन एयर क्राफ्ट करियर लगायत ६० वटा लडाकु विमान तैनाथ गरेको अवस्था छ । अमेरिकाको सर्वश्रेष्ठ वमवर्षक वी.टू. विमान पनि र एम आइ ट्यांक पनि यहि लक्ष्यबाट तैनाथ गरिएको अवस्था छ । अमेरिकाले चीनको दब–दबालाई नियन्त्रण गर्न आफ्ना सैन्य भण्डार र सैनिकलाई जर्मनी लगायत युरोपको अड्डाबाट विस्थापित गर्दै साउथ चाइना सी मा तैनाथ गर्दैछ ।

विगतका केहि वर्षमा रुस र अमेरिका बीच सम्बन्ध चिसिएको र रुस र चीनको बीच सामिप्यता बढिरहेको अवस्था छ । रुसको सम्बन्ध युरोप र अमेरिका सँग चिसिएको मुर्धन्य कारणहरु मध्ये युक्रेन र क्रिमिया हुन् । रुसले युक्रेन र क्रिमियालाई आफ्नो आधिपत्यमा लिन बित्तिकै अमेरिका लगायत पश्चिमा शक्तिहरु रुसबाट चिढिएको अवस्था छ । तर चीन र रुसको बीचको सामिप्यतामा स्थायित्व छैन् । रुसको प्रशिद्ध शहर ब्लादिवोस्तकमा चीनले केहि वर्ष देखि दाबी गरिरहेको अवस्थाले रुस र चीनको सम्बन्ध पनि चिसिन गएको छ । सन् १८६० देखि नै यो शहर फ्रान्स र ब्रिटेनको युद्ध पछी रुसको अधिनमा थियो जसमा केहि वर्ष देखि चीनले दाबी गर्दै आइरहेको छ । कोरोनाको कहरको साथै चीन र भारतको बीच विवाद द्वन्द्व तीब्र रुपमा बढेको छ । सन् २०१७ मा डोकलाम विवाद पछी मोदी र जिनपिङ् को निरन्तर वार्ता भएता पनि एक्कासी भारत र चीनको सैनिक लद्दाख लगायत विभिन्न क्षेत्रमा आमने(सामने भए । चीन र भारतका सैनिक बीच जुन १५ मा भिडन्त नै भए जसबाट २० भारतीय सैनिकहरु मृत्यु वरण भएको छ । चीन र भारतको भिडन्त पछी युरोप र अमेरिकाका संचार माध्यमहरु चिनियाँ नीतिलाई निन्दा गर्दै विश्व जनमत भारतका पक्षमा तयार गरे ।

प्रशिद्ध पत्रिका डिप्लोम्याटले भारतलाई प्रजातान्त्रिक गठबन्धनका लागि सुझाव दिए भने युरासिया टाइम्सले भारत सँग खतरनाक युद्ध सामग्री रहेको कुरा सार्वजनिक गरे । ग्लोबल म्यागजिनले भारतले लिएको नीतिलाई समर्थन गरे । अर्को तर्फ भारतले अमेरिका लगायत इण्डोप्यासिफिक सँग सम्बन्ध भएका मुलुकको नैतिक समर्थन प्राप्त गरे । चीन सँग १०० बिलियन अमेरिकी डलरको व्यापार भएका मुलुकलाई भारतले गान्धीका शत्रु मनन गर्दै चिनियाँ सर(समानलाई बहिष्कार गर्न चेतना मुलक कार्यक्रमहरु परिचालित गर्दै चीनलाई आर्थिक रुपमा प्रभावित गर्ने रणनीति लिए । भारतमा चिनियाँ एप्सहरु लोकप्रिय भइरहेको बेला ५९ वटा एप्समाथि प्रतिबन्ध लगाएर चीनलाई व्यापारिक र आर्थिक दबाब दिए ।

भारतले आफ्ना व्यापारिक संयन्त्रलाई पनि चीनको विरोधमा परिचालित गरे । सिंगापुरमा रहेका भारतका ९००० व्यापारिक कम्पनीहरु पनि भारतीय नीतिलाई अनुसरण गर्न संकेत दिए । सिंगापुर संसारका व्यापारिक केन्द्र भएको कुरा चीनले अनुभूति गरे ।

चीनले भारतको सैनिक कुटनीतिक र आर्थिक दबाबलाई मध्यनजर गर्दै लद्दाखमा आफ्नो सैनिक शक्तिलाई नियन्त्रण रेखाबाट पछी हट्न निर्देश दिँदै भारतसँग सम्बन्धलाई पुनः लिकमा ल्याउन ३ लाख टन चिनी आयात गर्न इच्छा जाहेर गरे । अर्कातर्फ चीनले रेशम रोड परियोजनामा हाल सम्म ४६१ अर्ब अमेरिकी डलर व्यय गरेर अफ्रिका लगायत विश्वका धेरै मुलुकहरुलाई ऋणको पासोमा पारेका छन् । ती मुलुकहरुको ब्याज र मूलधनमा पनि केहि राहत गरेर चिनफिङले आफ्नो नीतिमा लचकता अपनाउने संकेत दिएका छन् । तसर्थ, चीनले कोरोनाको कहरमा आफ्नो नीतिलाई परिमार्जित र परिष्कृत गर्ने टड्कारो आवश्यकता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम