Logo

ताल फुटी भोटेकोशीको बहाब बढ्ने खतरा, नदी किनारका बासिन्दालाई बस्ती छाड्न सुचना



काठमाडौं, ५ साउन । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा अत्याधिक पानी भरिएकाले फुट्न सक्ने सम्भावना रहेको भन्दै भोटेकोशी नदी छेउका बस्ती छाड्न भनिएको छ । चिनियाँ पक्षले नेपाललाई यसबारे जानकारी गराएपछि भोटेकोशी नदीमा आकस्मिक रुपमा पानीको बहाब अत्याधिक बढ्ने खतरा औल्याइएको हो ।

ताल फुटेमा भोटेकोशीले नदीका धेरै बस्ती बगाउनसक्ने छ । यसले ठुलो क्षति पुर्याउने भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सुचना जारी गरेको छ । जिप्रका सिन्धुपाल्चोकले भनेको छ, ‘भोटेकोशी नदी किनारका बस्तीका सर्वसाधारणलाई तत्काल उक्त क्षेत्र छोडी सुरक्षित ठाउँमा जाने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरु, सरोकारवाला संघसंस्था व्यक्तिहरु र सर्वसाधारण जनसमुदायहरुलाई अनुरोध गर्ने ।’

यसअघि भोटेकोशीको बहाब बढ्दो दर्जनौ मानिसको मृत्यु हुनाको साथै त्यति नै संख्यामा मानिसहरु वेपत्ता भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्