Logo

मुलुकभर बाढीपहिरोः मुख्य कारण ग्रामीण सडक



काठमाडौं, साउन ६ । मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम हुनुको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोका मुख्य कारण भएको भूगर्भविद्हरूले बताएका छन् ।

यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएसँगै मुलुकभर सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । त्यस्तै, आइतबारदेखि भारी वर्षा भइरहेको छ ।
भारी वर्षाका कारण प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत भएको पाइएको छ ।

मनसुनको समयमा विगतका वर्षहरूमा भन्दा यस वर्ष बढी जनधनको क्षति पुग्नुको मुख्य कारण ग्रामीण सडक भएको भूगर्भविद्हरूले बताएका आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्