Logo

शशांक कोइरालाले ‘जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको’ भनेपछि तरंग



काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले ३८ औं वीपी स्मृति दिवसमा बोल्दै राजसंस्थाप्रति सहानुभूती समेत प्रकट गरे । त्यसको कारण राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पाद गतिविधि मुख्य कारण रहेको तर्फ औल्याए ।

सशांकले राजा बरु तटस्थ हुन्थे भन्ने धारणा बन्न थालेको टिप्पणी गरे । राष्ट्रपति विद्या भण्डारी पार्टीको झगडा मिलाउन सक्रिय हुँदा गणतन्त्रमाथि नै प्रश्नहरु उठ्न थालेको बताए । राष्ट्रपति संस्था हो भन्ने बिर्सेर प्रस्तुत हुँदा राजसंस्थाप्रति सहानुभुती बढेर गएको उनको तर्क थियो ।

वीपीपुत्र डा. सशांकले यसो भन्दा राजनीतिमा तरंग आएको छ । गणतन्त्रबारे प्रश्नहरु उठाउने गतिविधिहरु बढिरहँदा कोइरालाको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

उनका पिता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई राजाले नै सत्ताच्युत गरेर जेलमा हालेका थिए । तर, तिनै वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएर भनेका थिए राजा र मेरो घाँटी जोडिएको छ । आफूलाई राजाहरुले जतिसुकै दुःख दिएपनि वीपीले नेपालको यथार्थ राजनीतिलाई दृष्टिगत गरी राजसंस्थालाई स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

काँग्रेस महामन्त्री कोइरालाले हिन्दु राष्ट्रबारे समेत टिप्पणी गर्दै आएका छन् । उनले हिन्दु राष्ट्र र राजसंस्थाबारे पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् । बेला बेलामा यी दुई मुद्दा उठाउँदै आएका कोइरालाले यही मुद्दा उठाएर काँग्रेसको नेतृत्वको दाबी गर्ने चर्चा पनि चल्ने गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्