Logo

कोरोना भाइरस घरपरिवार बाहिरकाभन्दा भित्रकाबाट सर्ने जोखिम झन् बढी



एजेन्सी, ७ साउन । कोरोना भाइरसको संक्रमण फैलने जोखिम घर बाहिर भन्दा भित्र बढी रहेको एउटा अध्ययनले देखाएको छ । दक्षिण कोरियाली अध्ययनकर्ताहरुले अमेरिकामा प्रकाशित गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

युएस सेन्टरर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीएसद्वारा १६ जुलाईमा प्रकाशित अध्ययनमा कोरोना संक्रमितलाई नमुनाका रुपमा लिई घरबाहिर भन्दा भित्र संक्रमण फैलन जोखिम रहेको उल्लेख छ । अध्ययनले एक सय संक्रमितमा दुई जना घरपरिवारभन्दा फरक मानिस या ठाउँबाट संक्रमित भएको पत्ता लागेको देखाएको छ । तर, १० जना संक्रमितमा एकजना घरपरिवारभित्रकाबाट संक्रमित भएको नतिजा आएको छ ।

अध्ययनका लागि तथ्यांक २० जनवरीबाट २७ मार्चसम्म संकलन गरिएको थियो । हलिम युनिभर्सिटी कलेज अफ मेडिसिनका वैज्ञानिकहरुले उक्त अध्ययन गरेका थिए । –Photo: Agency



प्रतिक्रिया दिनुहोस्