Logo

धमाधम हवाई टिकट बुकिङ



काठमाडौं, साउन ८ । सरकारले आगामी एक भदौदेखि बन्द रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको निर्णय गरेसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले धमाधम टिकट बुकिङ सुरु गर्न थालेका छन् ।

आन्तरिक उडानका लागि निजी वायुसेवा कम्पनी बुद्ध एयरलायन्सले मंगलबारदेखि नै टिकट बुकिङ सुरु गरिसकेको छ । आइतबारदेखि देशभर परेको भारी वर्षाका कारण अधिकांश सडकमार्ग बाढीपहिरोले प्रभावित पारिदिएपछि समस्यामा परेकालाई गन्तव्यमा पु¥याउन विकल्पका लागि आन्तरिक हवाई उडान नै भएको भन्दै बुद्ध एयरलाइन्सले आगामी १ भदौदेखिका लागि टिकट बुकिङ सुरु गरेको हो ।

बुद्ध एयरलाइन्सका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आगामी १ भदौदेखि यात्रा गराउन आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री सुरु भइसकेको जानकारी गराए । उनले सरकारले १ भदौदेखि आन्तरिक उडान सुरु गर्ने भनिसकेकाले आफूहरूले पनि अहिले टिकट बिक्री सुरु गरेको जानकारी दिए ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्