बागलुङ, साउन ८ । कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई चार हजार रुपैयाँका दरले बुधबार राहत प्रदान गरेको हो ।रासस




प्रतिक्रिया