Logo

मोदीले अयोध्यामा राम मन्दिर निर्माणको भुमि पुजा ५ अगष्टमा गर्नु अघि ओलीले ठोरीमा अयोध्या भन्नुको अर्थ



एजेन्सी, ८ साउन । अयोध्यामा राम मन्दिर निर्माणको आरम्भ ५ अगष्टबाट विधिवत् रुपमा हुने भएको छ । ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुमि पुजा गर्ने तय भएको छ ।

भारतीय सञ्चारमाध्यमले राम जन्मभुमी तीर्थक्षेत्र ट्रष्टका स्वामी गोविन्द देव गिरीको भनाई उदृत गर्दै भुमि पुजाको मिति तय भएको जनाएको हो । अयोध्यामा राम मन्दिर निर्माण भारतको सर्वोच्च अदालतले विवादित भुमिबारे फैसलापछि शुरु हुन लागेको हो ।

यसअघि त्यहाँ विगतमा राम मन्दिर रहेको भन्दै हिन्दु संगठनले बाबरी मस्जिद भत्काइदिएपछि दंगा भएको थियो । यसको अन्तिम फैसला अदालतले गरेको छ ।

भारतको अयोध्यामा राम मन्दिर निर्माण हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा आलीले ठोरी वास्तविक अयोध्या हो भन्दै राम नेपालमा जन्मिएका थिए भनी अभिव्यक्ति दिएका छन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्