Logo

देउवाले भेटे प्रधानमन्त्री ओलीलाई



काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बालुवाटारमा भएको भेटमा देउवाले लकडाउन खुलेपछि पनि कोरोनाको जोखिम कायमै रहेको विशेष सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । उनले विशेष रणनीति बनाएर काम गर्नसमेत प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जनाएअनुसार भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्