उद्योग वाणिज्य महासंघको साधारणसभा समयमै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह


काठमाडौं, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तोकिएकै समयमा आयोजना गर्नेगरि वातावरण मिलाउन पूर्व अध्यक्षहरुले सरकारसमक्ष आग्रह गरेका छन् । पूर्वअध्यक्षहरुको आजको छलफलले सरकारलाई यस्तो आग्रह गरेको हो ।

सरकारले अन्य क्षेत्र खुला गरे पनि सभा सम्मेलन नगर्न भनेकोले महासंघको साधारणसभा हुने वा नहुने भन्ने अनिश्चत भैरहेको अवस्थामा महासंघका पूर्व अध्यक्षहरुको भेलाले यस्तो आग्रह गरेको हो । महासंघको साधारणसभा यही साउन २६ र २७ गतेका लागि तय भएको छ । file photo